बार्सिलोना तथा म्यानचेस्टर सिटीका पूर्व खेलाडी याया टूरेले स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी इंग्लिस क्लब म्यानचेस्टर सिटी जान सक्ने बताएका छन्। उनले मेस्सीले बार्सिलोना छाडेर म्यानचेस्टर सिटी जना सम्भव रहेको तर उक्त सम्झौता निकै कठिन हुने बताएका छन्। उनले डेली स्टारसँग बोल्दै भने कि,”मेस्सी सिटी जान सम्भव छ तर त्यो निकै कठिन हुनेछ।”
सन् २००७-०८ यता पहिलो पल्ट उपाधि बिहिन बनेपछि मेस्सीले अहिले बार्सिलोना छोड्न चाहेको रिपोर्टहरु आइरहेका छन्। बिहिबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोमनसँगको भेटमा पनि मेस्सीले कोमनलाई बार्सिलोना छाड्ने सम्भावना बढी रहेको बताएको विभिन्न मिडियाले दाबी गरिरहेका छन्। बार्सिलोनासँग २०२१ सम्म अनुबन्धित रहेका मेस्सी नयाँ कन्ट्रयाकट हस्ताक्षर पनि केहि समय अघि रोकिएको थियो। यस्तोमा उनी अर्को सिजन बार्सिलोनाको जर्सीमा दिखिनेमा ठूलो शंका छ। यस्तोमा केहि टोलीले मात्र मेस्सीको पारिश्रमिक र ट्रान्सफर फि खर्च गर्न सक्छन्, जस मध्य एक हो म्यानचेस्टर सिटी।
टूरेले विश्वास गर्छन् कि सिटीले मेस्सीलाई अनुबन्ध गर्न सक्छ विशेषगरी पेप ग्वार्डीओला कोच भएकोले तर त्यो निकै कठिन छ। टूरे भन्छन्,”गार्हो छ तर सम्भव छ।”
मैले जाने अनुसार मेस्सी बार्सिलोनालाई माया गर्छन्। उनलाई त्यहाँको शहर, क्लब, मानिस र सिद्दान्तलाई निकै माया गर्छन्। तर उनले यदि बार्सिलोना छाडे भने म्यानचेस्टर आउन सम्भव छ किनकि त्यहाँ पेप छन् जसले मेस्सीलाई राम्रोसंग बुझेका छन् र सिटीले पनि मेस्सीलाई किन्न सक्छ जुन सबै क्लबले सक्दैनन्, टूरेले भने।