हामी किन शङ्ख बजाउँछौँ ? शङ्ख बजाउँदा हुन्छन् यस्ता धार्मिक एवं वैज्ञानिक महत्व !

काठमाडौँ। शङ्खको हाम्रो धर्ममा विशेष महत्व हुन्छ। शङ्ख मुख्यतः एक समुन्द्री जीवको संरचना हो। पौराणिक रूपमा शङ्खको उत्पत्ति समुन्द्रबाट भएको मानिन्छ र कुनै कुनैमा यसलाई लक्ष्मीका भाई पनि मानिन्छ। जहाँ शङ्ख हुन्छ त्यहाँ जरुर लक्ष्मी देवी हुने विश्वास गरिन्छ। मंगल कार्यको अवसरमा र धार्मिक उत्सवमा पनि यो बजाउनु शुभ मानिन्छ।

घरमा पूजा-वेदीमा शङ्खको स्थापना गरिन्छ। शङ्ख विशेषत: दीपावली, होली, महाशिवरात्रि, नवरात्रि, रवि-पुष्य, गुरु-पुष्य नक्षत्र आदि शुभ मुहूर्तमा स्थापित गरिन्छ।

वैज्ञानिक रूपमा शङ्खको के महत्व छ ?

विज्ञान अनुसार शङ्खको ध्वनि महत्वपूर्ण हुन्छ।

• वैज्ञानिकहरुका अनुसार शङ्ख-ध्वनिले वातावरण परिष्कृत गर्दछ।

• शङ्खको ध्वनिको प्रसार-क्षेत्रका सबै कीटाणुहरु नष्ट हुन्छ।

• शङ्खमा थोरै मात्रामा चुनपानी भरेर पिउँदा क्याल्सियमको स्थिति अत्यन्तै राम्रो हुन्छ।

• शङ्ख बजाउँदा हृदय रोग र स्वासप्रस्वास सम्बन्धी रोग लाग्ने सम्भावना न्यून हुन्छ।

• यसले वाणी दोष पनि समाप्त हुन्छ।

शङ्ख कति प्रकारका हुन्छ र यसका अलग-अलग महिमा के हो ? 

• शङ्ख धेरै प्रकारका हुन्छन र सबै प्रकारका विशेषता एवं पूजन-पद्धति भिन्न-भिन्न छन्।

• शङ्खको आकृतिको आधारमा सामान्यतया शङ्ख तीन प्रकारका हुन्छन।

• यस्ता छन् ती तीन प्रकारका शङ्ख – दक्षिणावृत्ति शङ्ख , मध्यावृत्ति शङ्ख तथा वामावृत्ति शङ्ख ।

• भगवान विष्णुको शङ्ख दक्षिणावर्ती हो र लक्ष्मीको वामावृत्ति शङ्ख हो।

• वामावर्ती शङ्ख यदि घरमा स्थापित गर्ने अर्थात् राख्ने हो भने धनको बिल्कुल अभाव हुदैन।

• यसबाहेक महालक्ष्मी शङ्ख, मोती शङ्ख र गणेश शङ्ख पनि भेटिएको छ।

सामान्यतया शङ्ख कसरी प्रयोग गर्ने ?

• सेतो रङको शङ्ख लिएर आउनुहोस्।

• त्यस शङ्खलाई गङ्गाजल र दूधले शुद्ध गर्नुहोस्।

• त्यस पछि गुलाबी वस्त्रमा बेरेर पूजा स्थानमा राख्नुहोस्।

• बिहान र बेलुका पूजा पछि तीन तीन बजाउनुहोला।

• बजाईसकेपछि धोएर शुद्ध पारी पुन: त्यहीं राख्नुहोला।

शङ्खको प्रयोगमा कस्तो सावधानी अपनाउने ?

• शङ्खलाई कुनै वस्त्र या कुनै आसनमा मात्र राख्नुहोला।

• प्रात: काल र सन्ध्या कालमा मात्रै शङ्ख बजाउनुहोला, हर समय शङ्ख नबजाउनुहोला।

• शङ्ख बजाईसकेपछि घोएर मात्र राख्नुहोला, आफ्नो शङ्ख कसैलाई पनि नदिनुहोला र अर्काको पनि प्रयोग नगर्नु नै उचित हुन्छ।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७१३:३४

कुन दिशामा धन राख्दा बढेर जान्छ ? कहाँ धन राख्दा नाश हुन्छ? (हेर्नुहोस्)