काठमाडौँ – चीनले लिपुलेक आसपासको क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै लागेको भारतीय संचार माध्यमहरुले दावी गरेका छन्। पहिल्लो केहि समयमा चीनले लिपुलेक क्षेत्रमा १ सय ५० भन्दा बढी सैनिक थप गरेको दावी भारतीय संचार माध्यमहरुको छ।
करिब २ हप्ता अगाडी उक्त चिनिया सैनिकको बटालियन त्यस क्षेत्रमा तिब्बतबाट आइपुगेको बताइएको छ। भारतीय अधिकारीहरूले दुई हप्ता अगाडी त्यस क्षेत्रमा सैन्य उपस्थित बढेको थाहा पाएको ‘इन्डिया टिभी’ले दावी गरेको छ।
“जुलाई महिनामा १ हजार भन्दा बढी सैनिक पठाएर चीनले स्थायी चौकी निर्माण गरेको थियो। जसपश्चात त्यहाँ २ हजार थपिएका थिए। अहिले फेरी १ सय ५० भन्दा बढी थपिएका छन्।”,इन्डिया टिभीले उच्च श्रोतको हवाला दिँदै समाचारमा भनेको छ।
साथै उसले नेपाल नयाँ पाकिस्तान बन्ने खतरामा रहेको पनि दावी गरेको छ। पाकिस्तान चीनको कठपुतली बने जस्तै नेपालको पनि उस्तै हालत हुन लागेको भनेर ‘इन्डिया टिभी’ले आफ्नो समाचारमा दावी गरेको छ।
“चीनले लिपुलेकमा बढायो सैन्य उपस्थिति, कतै नेपाल चीनको लागि नयाँ पाकिस्तान त बन्दै छैन।”,समाचारमा नेपाल बारे अपमानजनक टिप्पणी गर्दै भनिएको छ।
भारतीय मिडियाले नेपाल बारे अनर्गल प्रचार गरेको यो पहिलो पटक होइन। नेपालले कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्रहरु समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरु भड्किएका छन्। उनीहरु नेपाल विरुद्ध भारतमा प्रपोगाण्डा मच्चाइरहेका छन्।
Is Nepal becoming a 'new Pak' for China | Watch #KhabarSeAage
with @ajaykumarjourno pic.twitter.com/BSvFs8fZP8— India TV (@indiatvnews) August 20, 2020
Is Nepal becoming a ‘new Pak’ for China | Watch #KhabarSeAage
with @ajaykumarjourno pic.twitter.com/BSvFs8fZP8— India TV (@indiatvnews) August 20, 2020