उपचारका क्रममा निधन भएकामा कोरोनाको पुष्टि !

सांकेतिक तस्विर

चितवन – पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृ-त्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृ-त्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ ।

चितवन मेडिकल कलेजको प्रयोगशाला हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन ।

भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत उनको पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

सोही मेडिकल कलेजमा मृ-त्यु भएका दुई जनाको नतीजा आउन बाँकी रहेको उनले बताए। अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

सो मेडिकल कलेजमा नेपाल र भारतका सीमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएकाले कोरोना सङ्क्रमण देखिने क्रम बढेको छ ।

प्रकाशित : शनिबार, भदौ ०६, २०७७०६:०८

गुर्जो, कागती र बेसारपानीले घरमै निको भए कोरोना संक्रमित !