कुरा १९४२ को हो । फिल्मको शुटिंग चलिरहेको थियो। आमाछोरीको संवादको दृश्य थियो। आमा धेरै रिसमा थिइन् र छोरीलाई लगातार कराईरहेकी थिइन्। कराउदा कराउदै आमालाई यति रिस उठ्छ कि छोरीलाई एक झापड हान्छे। छोरीको भूमीका निभाईरहेकी एक पातली केटि थप्पडको दुखाई सहन नसकेर ढल्छे । उनलाई उठाउने मान्छेले देख्छ कि उनको कानबाट रगत आईरहेको छ।
डाक्टरलाई बोलाएर औषधी लगाएर उनलाई घरमा आराम गर्न पठाइन्छ। सेटमा थप्पड खाएर लड्ने केटि अरु कोहि नभई लता मंगेशकर हुन् जसलाई अहिले संसारभर स्वर-सम्राज्ञी, कोकिल-कंठा र भोइस अफ मिलेनियम जस्ता कैयौँ नामले चिन्छौ। लता मंगेशकर जसलाई पद्म श्री, पद्म भूषण, पद्म विभूषण मात्र नभई देशको सर्वोच्च नागरिक सम्मान भारत-रत्नले पनि सम्मानित गरिएको छ। दादा साहब फाल्के पुरस्कारले उनलाई ३० वर्ष पहिले नै सम्मानित गरिएको छ।
लता मंगेशकरको जन्म १९२९ मा मध्य प्रदेशको इंदौरमा भएको थियो। उनको बुबा पण्डित दीनानाथ मंगेशकर मराठी संगीतज्ञ थिए र आमा शेवनती गुजराती थिइन् । १९४२ मा जब लता १३ वर्षकी थिइन् तब उनको बुबाको मृत्यु हर्टअट्याकको कारण भएको थियो।
त्यसपछि लताको बुबाको साथी मास्टर विनायकले लता मंगेशकरलाई फिल्म एक्टिंग र सिंगिंगको करियर सुरुवातमा मदत्त गरेका थिए। विनायक मूवभी कंपनी नवयुग चित्रपटको मालिक थिए। लताले मराठी फिल्म किति हासिल (१९४२ ) मा पहिलो गित गएकी थिइन् तर पछि फिल्मबाट यो गीत हटाईएको थियो। त्यसपछि लताले मराठी फिल्म पहिलि मंगाला गौर (१९४२) मा छोटो रोल निभाएकी थिइन्। यो फिल्ममा उनले गीत पनि गाईन्। लता मंगेशकरको पहिलो हिन्दी गीत मराठी फिल्म गजाभाऊ (१९४३ ) को गीत ‘माता एक सपूत’ ले संसार परिवर्तन गरेको थियो। त्यसपछि १९४५ मा लता मुम्बई आईन्। लता मंगेशकरले आफ्नो सात दशकको लामो करियरमा ३६ भाषामा एक हजारभन्दा पनि धेरै फिल्मको लागि गीत गाईसकेकी छन्।
बुबाको मृत्युपछि लतामाथि सानो बहिनि सम्हाल्ने जिम्मेदारी थपियो। त्यसैले उनले कहिले पनि बिहे गरिनन्। लता मंगेशकर र उनको बहिनी आशा भोंसलेको बीच प्रतिस्पर्धाको पनि निकै प्रश्न उठ्छ। लता मंगेशकरले कैयौँ दशक पहिले एक प्रस्ताव दिएकी थिइन् कि म्यूजिक कम्पनीले रेकर्ड बिक्रीको केहि पैसा गायकलाई पनि दिनुपर्छ। रफी यसको विरुद्द थिए। त्यसैले यो लता र रफीले सँगै गीत गाउन नै छोडे।