अमिताभ, अक्षय सहित यी ५ कलाकार फसेका थिए रेखाको प्रेमजालमा ! को-को ?

एजेन्सी , बलिउडकी सदाबहार अभिनेत्री रेखा अभिनयका कारण मात्र नभई विभिन्न कलाकारहरुसँगको अफियरको कारण चर्चामा रहिन्। कुनै समय महानायक अमिताभ बच्चनसँग प्रेम सम्बन्धमा रहेकी रेखाको अन्य कलाकारहरुका साथमा पनि अफियर थियो।

जानकारीमा आए अनुसार अमिताभ भन्दा पहिले रेखाको सम्बन्ध जितेन्द्रसँग थियो।  जितेन्द्रको सम्बन्ध शोभासंग भएको सुने पछि रेखाको पहिलो प्रेम अधुरो नै रहन पुग्यो। जितेन्द्र पश्चात रेखाको जीवनमा बिनोद महराको इन्ट्री भयो र उनले बिनोद संगै विवाह गरिन तर रेखाको बारेमा सबै नालीबेली थाहा पाएकी बिनोदकी आमाले रेखालाई घर भित्र पस्न नदिए पछि उनीहरुको सम्बन्धमा एकाएक दरार उत्पन्न हुन पुग्यो र अन्तत रेखा एक्लो हुन पुगिन।  एक अन्तर्वार्तामा रेखाले आफुले बिनोदसंग बिवाह गरेको कुरा हल्ला मात्र भएको समेत बताएकी छन्।

रेखाको अफियर किरण कुमारसंग पनि नचलेको होइन तर पनि बिडम्बना रेखा र किरणको सम्बन्ध धेरै दिन टिकेन।  किरण विनोदका मिल्ने साथी थिए बिनोद संगको सम्बंधे बिच्छेद पछि किरण र रेखा नजिकिएका थिए।

रेखाको अफियर अक्षय कुमारसंग पनि चलेको थियो।  उमेरको हिसाबले अक्षयभन्दा निकै पाको रहेकी रेखाको यो सम्बन्धले सबैलाई चकित परेको थियो।  तथापी आफ्नो सम्बन्धलाई दबाएर राखेका अक्षय र रेखाले हाल सम्म पनि उक्त कुराको खण्डन गर्दै आइरहेका छन्।

रेखा र अमिताभको सम्बन्धको बारेमा अन्जान रहेका सायदै होलान। चलचित्र ‘दो अनजाने’ को सुटिंगको क्रममा यी दुई एक अर्कासंग नजिकिएका थिए। बिवाह बन्धनमा बाँधीसकेका अमिताभ रेखाको सौन्दर्यतामा लोभिएका थिए।  यश चोपडाले जया अमिताभ र रेखाको सम्बन्धलाई लिएर बनाएको चलचित्र शिलशिलामा यी दुई जोडीलाई अन्तिम पटक एकसाथ चलचित्रको पर्दामा देखिएको थियो।

सन् १९९० मा रेखाको विवाह ब्यापारी मुकेश अग्रवालसंग भएको थियो । तर विवाह पछि दुवै जना दाम्पत्य जीवन देखि खुशी हुन सकेनन्। विवाह भएको धेरै समय नहुँदै रेखाका पति मुकेशले झुण्डिएर ज्यान फलेका थिए ।

पछिल्लो समय रेखा चलचित्र क्षेत्रमा खासै सक्रिय नभए पनि फिल्मी इभेन्टहरुमा भने सहभागी भइरहेकी हुन्छिन। उनि हरेक इभेन्टमा सहभागी हुँदा हातमा चुरा , गलामा पोते र सिउदोमा सिन्दुर सहित प्रस्तुत भएकी हुन्छिन उनले कसको नामको सिन्दुर लगाएर हिडेकी हुन् भन्ने कुराको कुनै पनि जानकारी हालसम्म प्राप्त भएको छैन।

प्रकाशित : शनिबार, भदौ ०६, २०७७१२:५०

युट्युब ट्रेन्डिङमा ‘आलु जस्तो गायक’ !