लिपुलेकनजिकै चीनले क्षेप्यास्त्र तैनाथ गर्दै !

लिपुलेक, (एजेन्सी) – दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सामा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप विवाद उत्पन्न भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले पनि उक्त दाबीलाई बल मिलेको बताइएको छ । लिपुलेक त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच विवाद उत्कर्षमा पुगेको छ ।

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेको स्याटलाइट तस्वीरमा लिपुलेकनजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको मात्र नभई क्षेप्यास्त्र तैनाथका लागि निर्माणकार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ ।

डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिङबाट पिपुल्स लिबरेसन आर्मी (पीएलए)को गतिविधि थाहा भएको हो । यहाँ जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मानसरोवर तालनजिकै भइरहेको छ ।

यहाँ चीनले सैनिक पनि तैनाथ गरिरहेको सञ्चारमाध्यमले जनाएका छन् । यहाँ सन् २०२० मेदेखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेक इलाका नेपाल, भारत र चीनको सीमाको संगमस्थल हो । चीनले लिपुलेकमा आफ्नो सेना तैनाथ गरेको विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात् १ हजारभन्दा धेरै सैनिक जवान लिपुलेकनजिकै तैनाथ गरेको छ ।

भारतले लिपुलेक नाका हुँदै मानसरोवर यात्राका लागि नयाँ रुट बनाउने योजना गरेको छ । भारतले बनाएको ८० किलोमिटर लामो सडकलाई लिएर नेपालले आपत्ति जनाउँदा उक्त भूमिमाथि नेपालले सम्प्रभुता दाबी गरेको हो । त्यसको लगत्तै नेपालले उक्त क्षेत्रसहितको नयाँ नक्सा पारित गरेको थियो । यसमा लिपुलेकसहितको कालापानी समावेश गरिएको थियो ।

यसबीच चीनको पिपुल्स लिबरेसन आर्मी भारतसँगको सीमा विवाद रहेको पेगोंग सो र गागरा हट स्पिंग इलाकामा फाइबर अप्टिक केबल बिच्छ्याउन शुरु गरेको छ । यद्यपि यसअघि हिंसात्मक मुठभेड भएको लद्दाख र अक्साइ चीन क्षेत्रमा पनि भारी संख्यामा चिनियाँ सैनिक तैनाथ रहेको बताइएको छ ।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७०२:१८

कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी, छलफल जारी !