विपक्षिको पोस्टमा आफू भन्दा दोब्बर गोल हानेको ‘बायर्न’लाई पीएसजीले रोक्न सक्ला ?

एजेन्सी – आज राति यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन्स पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन्।

बायर्नले सेमिफाइनलमा लियोनलाई ३-० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो भने पीएसजीले आरबी लाइप्जिगलाई ३-० ले नै पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

फाइनल सम्म आइपुग्न जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अन्य विभिन्न देशका क्लबहरुलाई पाखा लगाए।

जारी प्रतियोगितामा बायर्न अहिले सम्म पराजित भएको छैन। त्यसक्रममा उसले विपक्षिको पोस्टमा ४९ गोल गरेको छ भने ८ गोल खाएको छ। यस्तै फाइनल सम्म आइपुग्दा पीएसजीले १ खेलमा बराबरी र एक हात बेहोरेको छ। त्यसक्रममा पीएसजीले बायर्न भन्दा कम गोल खाएको छ।

फाइनल सम्म आइपुग्दा पीएसजीले पाँच गोल खाएको छ भने विपक्षिको पोस्टमा २५ गोल गर्यो। दुवै टोलिको फाइनल सम्मको यात्रा हेर्दा बायर्नले पीएसजी भन्दा दोब्बर बढी गोल छ।

यस्तो छ दुवै टोलिले च्याम्पियन्स लिगको फाईनल सम्म तय गरेको यात्रा –

बायर्नको फाइनल यात्रा

समूह चरण

रेडस्टार बेलग्रेडविरुद्ध (३–०) , टोटेनहमविरुद्ध (७–२), ओलम्पियाकोसविरुद्ध (३–२), ओलम्पियाकोसविरुद्ध (२–०), रेडस्टार बेलग्रेडविरुद्ध (६–०), टोटेनहमविरुद्ध (३–१)

प्रि–क्वाटरफाइनल

चेल्सीविरुद्ध (३–०), चेल्सीविरुद्ध (४–१)

क्वाटरफाइनल

बार्सिलोनाविरुद्ध (८–२)

सेमिफाइनल

लियोनविरुद्ध (३–०)

पीएसजीको फाइनल यात्रा

समूह चरण

रियल मड्रिडविरुद्ध (३–०), गालाटासारेविरुद्ध (१–०), क्लब ब्रुगविरुद्ध (५–०), क्लब ब्रुगविरुद्ध (१–०), रियल मड्रिडविरुद्ध (२–२), गालाटासारेविरुद्ध (५–०)

प्रि–क्वाटरफाइनल

बोरुसिया डर्टमन्डविरुद्ध (१–२), बोरुसिया डर्टमुन्डविरुद्ध (२–०)

क्वाटरफाइनल

एटलान्टाविरुद्ध (२–१)

सेमिफाइनल

आरबी लाइप्जिगविरुद्ध (३–०)

प्रकाशित : आइतबार, भदौ ०७, २०७७०४:२४

‘म त्यतिकै पीएसजी आएको होइन, इतिहास रच्न आएको हुँ’