सामाजिक सञ्जालमा गाईलाई हेलिकप्टरले एयरलिफ्ट गरेको एक भिडियो अहिले खुब हेरिएको छ। यो घटना स्विट्जरल्यान्डको एल्प्स पहाडको हो, जहाँको एक किसानको गाई ढुंगामा फसेको थियो। अन्तर्राष्ट्रिय मिडियाहरुका रिपोर्ट अनुसार गाई खुट्टा भाँचिएर लङ्गडो भएको थियो। किसानले गाईको उपचार गर्नको लागि हेलिकप्टरको मद्दत लिए। यो पूरै घटना क्यामरामा कैद गरिएको थियो, जसमा गाई हावामा तैरिरहेको देख्न सकिन्छ। गज्जबको कुरा यो छ कि एयरलिफ्टको समयमा गाई एकदम चिल पारामा बसेको देखिन्छ, गाई न छटपटाईरहेको छ न डराएको छ। यो भिडियो हेरेर ट्वीटर युजरहरुले आफ्नो जिन्दगी भन्दा गाई जिन्दगीको धेरै बिन्दास भएको टिप्पणी गरेका छन्। कतिले त आफूले जीवनभरी कहिले पनि हेलिकप्टर नचढेको तर गाईले चढ्न पाएको भन्दै गाईलाई भाग्यमानी बताईरहेका छन्।
यस रेस्क्यु अपरेसनको भिडियो ‘एबीसी न्युज’ ले ट्वीटरमा शेयर गरेको छ। तिनले क्याप्सनमा लेखेका छन् , “जब गाई उड्यो : स्विट्जरल्यान्डका एक किसानले आफ्नो प्यारो गाई बचाउनको लागि हेलिकप्टर बोलाए। किसानका अनुसार गाई लङ्गडो थियो र त्यही भएर उनी धेरै खतरा मोल्न चाहँदैनथिए।”
सामाजिक सञ्जालमा यस गाईक रेस्क्यु अपरेसनको भिडियो भाईरल भएको छ, खबर अनुसार भिडियोले अहिलेसम्म ७ लाख भन्दा बढी भ्युज, १० हजार भन्दा बढी लाइक्स र ३ हजार भन्दा बढी रि-ट्वीट पाइसकेको छ। धेरै जसो प्रयोगकर्ताहरुले किसानको पशुप्रतिको प्रेमभावको दिल खोलेर प्रशंसा गरेका छन्।
WHEN COWS FLY: A Swiss farmer decided to use a helicopter to airlift one of his beloved bovines down the mountain. The farmer says the cow had been walking with a limp and he didn’t want to risk further injury to the animal. https://t.co/HSjcKh5oy6 pic.twitter.com/5qZgRdcWWs
— ABC News (@ABC) August 19, 2020
Looked like a daily commute. Once on ground it was like he knew the deal. 😆
— 🙂👩🏻🧔🏾📷📺 (@southofwyoming) August 19, 2020
This cow’s life is so much more interesting than mine.
— Ana (@Jet__Girl) August 19, 2020