काठमाडौँ : कहानी हाम्रो जीवनमा अत्यन्तै प्रेरक साबित हुन्छ। कुनैबेला हामी जुन चीज आफ्नो अनुभवबाट बुझ्न सक्दैनौँ त्यो एउटा सानो कहानीको माध्यमबाट चुट्कीमै बुझ्छौँ। आज हामीले तपाईको लागि एक कहानी ल्याएका छौं जसले यो पाठ सिकाउँछ कि हामी अवसरको खोजीमा यताउति भौंतारिन्छौँ तर पनि अवसर पाउँदैनौं, वास्तवमा अवसर हाम्रै आसपासमा हुन्छन्।
अफ्रिका महाद्वीपमा हिराका खानीहरुको खोजी भईरहेको थियो। त्यहाँ बढी मात्रामा हिरा प्राप्त भएका थिए। त्यहीँ एउटा गाउँ थियो जहाँ एक किसान बस्थे । किसान सधैँ त्यस्ता मानिसहरुका कहानी अरुलाई सुनाउथे जसले हिराको खानीको खोजी गरे र अथाह पैसा कमाए। उनी आफू पनि त्यसरी नै धनी बन्न चाहन्थे। उनी हिराको खानीको खोजी गर्न चाहन्थे। यही इच्छा पूरा गर्नको लागि उनले आफ्नो खेत बेचिदिए। खेत बेचेपछि उनी हिराको खानीको खोजीमा निक्लिए।
हिराको खानीको खोजीमा उनी अफ्रिकाका लगभग हरेक ठाउँमा गए तर उनले हिराको खानी कतै भेटेनन्। जसको फलस्वरूप उनको मनोबल गिर्न थाल्यो। उनको सपना टुट्दै गईरहेको थियो। उनी यति धेरै हताश भए कि उनले नदीमा हामफालेर आफ्नो ज्यान दिए। अर्कोतर्फ जुन किसानले उनको जमिन खरिद गरेका थिए, एकदिन उनी खेतमा गए र खेतको छेउबाट बग्ने नदीमा गए। अचानक यस नदीमा सप्तरङ्गी प्रकाश देखे। जब उनले ध्यान दिएर हेरे तब नदीको किनारामा एक पत्थर भेट्टाए। सूर्यको किरण त्यहीँ पत्थरको कारण चम्केको उनले अनुमान गरे। किसानले त्यो पत्थर हातमा लिए र आफ्नो घरमा लिएर आए।
पत्थरको सुन्दरता देखेर उनले त्यसलाई घरमा सजाएर राखे । एक दिन उनको घरमा उनका परम मित्रको आगमन भयो। जब उनले आफ्नो साथीको घरमा त्यो पत्थर देखे उनी अचम्ममा परे। उनले आफ्नो साथीलाई सोधे तपाईलाई थाहा छ कि छैन यो पत्थर कति बहुमूल्य छ भनेर। किसानले आफू यसबारे अनभिज्ञ रहेको बताए। उनका साथीले त्यो पत्थर हिरा हुन् सक्ने बताए। अहिलेसम्म जति पनि हिराको खोजी भए नि त्यसमध्ये सबैभन्दा ठुलो हिरा थियो त्यो । किसानलाई यो कुरामा विश्वास गर्न मुश्किल पर्यो। किसानले आफ्नो मित्रलाई नदीको किनारमा यस्ता पत्थर धेरै रहेको कुरा बताए।
दुवैजना एकाएक खेत पुगे। त्यहाँबाट केही पत्थर नमुनाको लागि उठाए। त्यसलाई जाँचको लागि पठाईयो। जब रिपोर्ट आयो तब किसानको साथीको कुरा साँचो निस्कियो। त्यो पत्थर साधारण पत्थर थिएन त्यो एक हिरा थियो। किसानको खेतमा हिराको भण्डार थियो। त्यसबेलासम्म खोजी गरिएको सबैभन्दा ठुलो खानीको भण्डार थियो त्यो। त्यस खानीको नाम ‘किम्बर्ले डायमन्ड माइन्स’ हो। यसबाट दोस्रो किसान धनवान भए। यदि पहिलो किसान यता-उता नभट्किएर आफ्नो आसपासमै खोजेका भए शायद उनले आफ्नो ज्यान गुमाउनु पर्ने थिएन।
पाठ : यसबाट यो पाठ मिल्छ कि हामीले ती अवसरहरु चिन्नुपर्छ जुन हाम्रो आसपास नै हुन्छन्। जीवनमा सफल हुन् बुद्धिमानीपूर्वक एवं धैर्यपूर्वक ती अवसरहरु चिन्नुपर्छ जुन तपाईको आसपास लुकेका हुन्छन्।