हरेक सम्बन्धमा भरोसाको साथै अन्य थुप्रै साना साना कुराको ध्यान राख्नुपर्छ। यदि प्रेम सम्बन्धमा यस्ता चिजलाई अन्देखा गर्ने हो भने प्रेमीसँग बिस्तारै दूरी बढ्न लाग्छ र एक-अर्कामा झगडा बढ्न थाल्छ। त्यसैले प्रेम सम्बन्धका केहि चिजको विशेष ध्यान राख्नुपर्छ।
एक-अर्का प्रति सम्मान
कुनै पनि सम्बन्धमा एक अर्काको सम्मान गर्नु निकै महत्वपूर्ण हुन्छ। एक-अर्कालाई सम्मान गर्नु भयो भने मात्र सम्बन्ध मजबूत हुन्छ र एक अर्का प्रति माया बढ्छ। एक आपसमा सम्मान छैन भने त्यो सम्बन्ध छिटै टुट्छ।
एक-अर्कालाई समय दिनुपर्छ
एक बलियो सम्बन्धको लागि एक अर्कालाई समय दिनु र एक अर्कासँग सबै कुरा शेयर गर्नु निकै महत्त्वपूर्ण हुन्छ। प्रेमीको लागि समय नदिएकै कारण कतिपय सम्बन्ध टुट्ने गर्छ। साथै धेरै पटक जब हामी झगडा भएको बेला एक-अर्कासँग कुरा गर्न छोड्छौं जसको कराँ झगडा अझ बढ्न सक्छ। त्यसैले एक अर्का संग सबै कुरा शेयर गर्नु पर्छ।
आफ्नो गल्ती स्वीकार गर्नुपर्छ
गल्ती भनेको जोबाट पनि हुनसक्छ। कतिपय समय प्रेम सम्बन्धमा केहि गल्ती हुन्छन् जसको कारण प्रेमीसँग दूरी बढ्छ। त्यसैले गर्दा एक मजबूत सम्बन्धको लागि आफुले गल्ती गरेको छ भने स्वीकार गर्नु नै राम्रो हुन्छ।
भावनाको कदर गर्नुपर्छ
सम्बन्ध मजबूत बनाउनको लागि एक-अर्काको भावनाको कदर गर्नु निकै आवश्यक हुन्छ। यदि कुनै सम्बन्धमा यस्तो छैन भने एक आपसमा दूरी बढ्न लाग्छ। वास्तवमा, एक सम्बन्धमा आफ्नो साथीको कुराको कदर गर्नाले सम्बन्ध बलियो हुन्छ।