के मास्क लगाउँदा शरीरमा बढ्न सक्छ कार्बनडाईअक्साइडको लेवल ? जान्नुहोस वास्तविकता

काठमाडौँ : के तपाई पनि यस महामारीको समयमा घरबाट बाहिर निस्कने बेलामा मास्क लगाउनुहुन्छ ? यदि लगाउनुहुन्छ भने यो राम्रो कुरा हो। हामी सबैले अहिले अनिवार्य मास्क लगाउनुपर्छ किनकी यो हाल सबैभन्दा महत्वपूर्ण चीजमध्येको एक हो। यस महामारीको समय सम्भवत: हाम्रो भोजन र पानी पछिको सबैभन्दा जरुरी चिजमध्ये एक हो मास्क। कोभिड-१९ भाइरस हावामा फैलिरहेको छ, यदि तपाईले आफ्नो अनुहार ढाक्नुहुन्न या फेस मास्क मास्क लगाउनुहुन्न भने यो भाइरस तपाईको शरीर भित्र पुग्न सक्छ। तर मास्क लगाएपछि केही मिनेट या घण्टापछि धेरैजसो मानिसहरुमा बैचेनी हुने र सास फेर्न अप्ठ्यारो महसुस हुने जस्ता समस्या देखिएको छ। यसको मतलव के फेस मास्कले कार्बनडाईअक्साइड ग्यासको विषाक्तता पैदा गरिरहेको छ त ? यो आधा सत्य हो। यो मास्क हाम्रो सुरक्षाको लागि जब हामी बाहिर हुन्छौँ त्यतिबेला लगाउनु पर्छ। तर अनुहारको मास्कको बारेमा केही खास कुराहरु छन् जसलाई हामीले ध्यानमा राख्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा यो छ कि तपाई भीडभाड र खुल्ला हावाको सम्पर्कमा आउने ठाउँमा मास्क अनिवार्य लगाउनुपर्छ। तर जब तपाई घर पुग्नुहुन्छ तब आफ्नो मास्क हटाउनुपर्छ। लामो समयसम्म मास्क लगाउँदा यसबाट हानि पनि हुन् सक्छ। यसकारण हामी सतर्क रहन आवश्यक छ।

के साँच्चै फेस मास्कबाट बढ्न सक्छ त कार्बनडाईअक्साइड विषाक्तता ?

विज्ञहरुका अनुसार जब लगातार ८ घण्टासम्म विशेष रुपमा एन ९५ या एन ९९ मास्क लगाइन्छ तब कार्बनडाईअक्साइडको स्तरमा १-२ प्रतिशतको न्यून वृद्धि हुन्छ। त्यस्तै जब तपाई आफ्नो श्वासप्रश्वास प्रक्रियामा कार्बनडाईअक्साइड बाहिर फ्याक्नुहुन्छ तब फेस मास्कको कारण कार्बनडाईअक्साइड ग्यास बाहिर निस्किन पाउँदैन्। जसको कारण कार्बनडाईअक्साइड विषाक्तता हुन् सक्छ।

फेस मास्क लगाउँदा हुने स्वास्थ्य जोखिम

कोरोना भाइरस विरुद्द फेस मास्क एक महत्वपूर्ण सुरक्षा गार्ड हो। तर के तपाईलाई यो थाहा छ कि मास्क लगाउँदा तपाईलाई केही नोक्सानी पनि हुन् सक्छ ? जबसम्म कोरोना भाइरस विरुद्दको भ्याक्सिन पत्ता लाग्दैन तबसम्म हामीले लामोसमय मास्क लगाउनु अनिवार्य छ। तर लामो समयसम्म फेस मास्क प्रयोग गर्दा तपाईको स्वास्थ्य जोखिममा पर्न सक्छ। यो सीमित समयको लागि उपयोग गर्नुपर्छ र बीच-बीचमा ताजा हावा लिनको लागि यो उतार्नुपर्छ। अन्यथा यी समस्याको कारण बन्न सक्छ।

तपाई चक्कर र कमजोर महसुस गर्नुहुन्छ।
सास फुल्ने समस्या बढ्छ।
हाइपरकेनिया या कार्बनडाईअक्साइड विषाक्तता, जुन सबैभन्दा खराब स्थिति हो र मृत्युको कारण पनि बन्न सक्छ।

शरीरमा अक्सिजनको खराब सञ्चारको कारण समस्या उत्पन्न हुन् सक्छ। मास्कले अक्सिजनेशनलाई प्रभावित गर्छ किनकी तपाईले अक्सिजनको अपेक्षित मात्रा पाउँदैन्। यसले गर्दा तपाईको शरीर र मस्तिष्कले उचित अक्सिजनको मात्रा पाउँदैन्।

फेस मास्क जुन तपाईको सुरक्षा गार्ड हो, त्यहीँ गार्डले तपाईलाई नोक्सान पुर्याउन सक्छ। यदि तपाईले यसलाई सही ढंगबाट उपयोग गर्नुभएन भने। यसकारण यहाँ हामी तपाईलाई बताउँछौँ कि तपाईले यी कुराहरु विशेष ध्यान दिनुपर्छ।

तपाई फेसमास्क केवल त्यतिबेला लगाउनुहोला जब तपाई भीडभाड हुने ठाउँहरु जस्तै : सडक, पार्क, बजार या अन्य पब्लिक प्लेसमा पुग्नुहुन्छ।
यसको उपयोग तब गर्नुहोला जब तपाई कामको लागि कसैको नजिक जानुहुनेछ जस्तो – अफिस, तरकारी खरिद गर्न जाने बेला।
यस बाहेक यदि घर-परिवार या नजिकको आफन्त कोहीमा कोरोना संक्रमणको आशंका छ भने त्यतिबेला पनिमास्क लगाउनुहोला।
मास्क लगाउँदा यदि तपाईलाई सास सम्बन्धी समस्या देखा पर्छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला। किनकी लापरवाही गर्नु तपाईको स्वास्थ्यको लागि भारी पर्न सक्छ।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७०७:३५

बेसार १० भन्दा बढि रोगहरुको औषधी, कुन-कुन रोगको निको हुन्छन त यसले !