भूमि तत्वसँग सम्बन्धित यी राशिका मानिसमा हुन्छ यस्ता खास विशेषता !

ज्योतिष शास्त्रका अनुसार १२ वटै राशिहरुको कुनै न कुनै तव्तासँग सम्बन्धित हुन्छन्। जल, अग्नि, वायु र भूमि तत्व, प्रत्येक राशि यी तत्वसँग सम्बन्धित छन् र यी तत्वहरूका आफ्नै विशेषताहरू छन्। वृष, कन्या र मकर राशि भूमि तत्व अन्तर्गत पर्छन्। यी राशिका मानिसको सबैभन्दा ठूलो गुण हो उनीहरूको धैर्य। जति धैर्यता वा सन्तुष्टि यी व्यक्तिहरूमा निहित छ, यो अन्य कुनै पनि राशिको मूल निवासीमा फेला पार्न सम्भव छैन।

व्यावहारिक 

भूमि तत्वसँग सम्बन्धित व्यक्तिहरू धेरै व्यावहारिक हुन्छन्। जो मानिसले यिनीहरुलाई बुझ्दैनन् वा जो मानिस यिनीहरुलाई मन पर्दैन, उनीहरुसँग यी मानिस टाढा नै रहन रुचाउछन्। जति नै सफलता प्राप्त गरेपनि, धन सम्पति कमाए पनि यी मानिस आफ्नो बितेको समय कहिल्यै पनि भुल्दैनन्।

क्रमानुसार कार्य 

तिनीहरू क्रमशः रूपमा काम गर्न मन पराउँछन्। यदि अन्य व्यक्तिहरू आफ्नो काममा सहयोग गर्न तयार छैनन् भने पनि यिनीहरु निरास हुँदैनन्। यी मानिस आफ्नो काम राम्रो र सजिलोसँग पूरा गर्छन्।

सोचेर निर्णय लिन्छन् 

यिनीहरु सबैको कुराको मूल तहमा जान्छन्, त्यसको राम्रो वा नराम्रोको रूपमा सोच्दछन् र सबै कुरा बुझेर मात्र निर्णय लिन्छन्। यी मानिस सबै कुरामा कमी निकाल्छन् जुन सबैलाई मनपर्दैन।

उत्कृष्ट सञ्चारक

यिनिहरु उत्कृष्ट सञ्चारक हुन्छन्। यिनीहरुको एक अर्कोसँग कुराकानी गर्ने तरिका यिनीहरुमा गज्जबको हुन्छ। यिनीहरुलाई कुनै पनि परिस्थितिमा भरोसा गर्न सकिन्छ। कसैलाई पनि आवश्यकता परेको बेलामा यिनीहरु सधैं सहयोग गर्न तयार हुन्छन्।

विश्लेषण क्षमता 

यिनीहरुमा गज्जबको  विश्लेषण क्षमता पनि हुन्छ, अन्य मानिसको  कमजोरीहरू निकाल्न  यिनीहरु कुनै प्रकारको  लाज वा समस्या महसुस गर्दैनन्। एकै समयमा दुई वा बढी कार्यहरू गर्न सक्नु पनि यिनीहरुको एक खास विशेषता हो।

महत्वकांशी

यिनीहरु निकै महत्वकांशी हुन्छन्। यिनीहरु आफ्नो सफलताले कहिले पनि मात्तिदैनन् र आफूले हासिल गरेको सफलताले कहिले पनि सन्तुष्ट हुँदैनन्।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७१३:४०

बुधबारको दिन गणेश जीको यी मन्त्र जप गर्नुहोस्, प्राप्त हुनेछ धन समृद्धि !