काठमाडौं उपत्यकामा थपिए यति धेरै कोरोना संक्रमित !

काठमाडौँ – आइतबार काठमाडौँ उपत्यकामा १ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ६६ जनामा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकाका तीनै जिल्लामा गरी १ सय ६६ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको जानकारी दिए।

उनका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यस्तै आइतबार देशभर ८ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

आइतबार थप २८१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए । यससँगै कोरोना मुक्त हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यो ५८ प्रतिशत हो।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७१०:४०

भारतमा १६ दिनमा थपिए २० लाख सङ्क्रमित !