यस्तो छ जूही चावलाको मिस इन्डियादेखि नायिकासम्मको यात्रा, रेखाले लगाईदिएकी थिइन ताज!

हिन्दी सिनेमामा पहिचान बनाएकी अभिनेत्री जूही ५४ वर्ष पुग्दै छिन् । उनले हिन्दी बाहेक बंगाली , पन्जाबी , मलयालम, तमिल, कन्नड र तेलुगु फिल्ममा पनि काम गरेकी छन् । जुहीले १९८४ मा मिस इन्डियाको उपाधि जितेकी थिइन्।मिस इन्डिया बनेकी जूही चावलालाई रेखाले ताज लगाईदिएकी थिइन्।  त्यसपछि उनले हिन्दि फिल्ममा कदम राखेकी थिइन्।

आज हामी उनको मिड इन्डियासम्म रहेको यात्राबारे बताउछौ । जुहीले हिन्दी फिल्ममा आफ्नो करियरको सुरुवात १९८६ मा आएको फिल्म  ‘सल्तनत’ बाट गरेकी थिइन्।  तर फिल्म भने फ्लप भएको थियो। त्यसपछि उनले कन्नड फिल्ममा काम गरिन्।  पछि उनी फेरि  बलिउडमा कम ब्याक भईन । यहाँ उनले फिल्म ‘कयामत से कयामत तक’ मा काम गरिन्।

यो फिल्म हिट भएको  थियो र यसमा जुहीको पर्फर्मेन्सलाई पनि निकै चर्चा गरिएको थियो। यस फिल्मबाट  लागि उनले फिल्मफेयर अवार्ड पनी पाएकी थिइन्। उनले १९९० मा आएको फिल्म ‘प्रतिबंध’ मा काम गरेकी थिइन्। त्यसपछि जुहीले कहिले पनि पछाडी फर्केर हेर्नु परेन।१९९२ सालमा उनी फिल्म  ‘बोल राधा बोल’ मा देखिएकी थिइन्। उनको  अपोजिट भूमिकामा ऋषि कपूर थि ए। यसमा ऋषि कपूर र जूही चावलाको जोडी निकै सुहाएको थियो।  यस फिल्मबाट उनि बेस्ट एक्ट्रेसको फिल्मफेयर अवार्डको लागि नोमिनेशन भएकी थिइन्।

त्यसपछि उनले  फिल्म ‘लुटेरे’ मा सनी देओल, नसीरुद्दीन शाह र चंकी पांडेसंग काम गरिन्। त्यसपछि उनको धेरै फिल्म रिलीज भयो। त्यसमा ‘आइना’, ‘हम हैं राही प्यार के’ र ‘डर’ जस्ता फिल्म पर्छन्।  ‘हम हैं राही प्यार के’ को  पर्फर्मेन्सलाई जुहीको करियरको सबैभन्दा राम्रो मानिएको  थियो र आमिर खानसँग उनको जोडी निकै सुहाएको थियो।  १९९० देखि १९९९ सम्म जुहीको सबै फिल्म हिट रहेको थियो।  यही कारण यस समयलाई जुहीको स्टारडम पिरियड मानिन्छ। आफ्नो करियरमा जुही  चावलाले केहि हल्का-फुल्का कमेडी फिल्ममा पनि काम गरिन्।

‘यस बॉस’, ‘मिस्टर एण्ड  मिसेज खिलाडी ‘ र ‘दीवाना मस्ताना’ जस्ता थुप्रै कमेडी फिल्ममा उनले काम गरिन्। ‘डर’ पछि उनले शाहरुख खानसँग फिल्म ‘डुप्लीकेट’ मा काम गरिन्। यो पनि बक्स अफिसमा हिट फिल्म  भयो । २००० सालपछि उनले फिल्ममा कम काम गर्न थालिन्। जूहीले १९९५ सालमा  जय मेहतासँग  बिहे गरेकी थिइन्। उनको दुई छोरा-छोरी जान्हवी र अर्जुन रहेका छन् । जूहीको  भाई बबी चावला रेड चिलीज इन्टरटेनमेन्टको  सीईओ थिइन्।  हर्टअट्याकको कारण उनको मृ’त्यु भएपछी यस कम्पनीलाई शाहरुखले किनेका थिए। जुहीको बहिनि सोनियाको क्यान्सरको कारण निधन भएको थियो।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७११:३५

‘भगवान राम’ को भूमिका निभाएर यी ६ अभिनेताले पाएका थिए निकै लोकप्रियता!