यी तरिकाबाट चिन्तित र तनावग्रस्त मस्तिष्कलाई शान्त पार्न सकिन्छ ! हेर्नुहोस्

हामी सबैको जीवनमा केहि समय यस्तो आउछ उक्त समयमा हामी कारणबस होस् या बिनाकारण चिन्तित या तनावग्रस्त अवस्थामा पुग्छौं। यस्तो अवस्थामा हामी केहि सोच्ने अवस्थामा नै पुगेका हुदैनौ कि आखिर हाम्रो जीवनमा यो सब किन भईरहेको छ भनेर।  कतिपय अवस्थमा मानिसले आफुले आफैलाई सम्हाल्ने कोशिस गर्छन त कसैले बाहिरी मानिसको सहारा लिने गर्छन। तर आफुलाई परेको समस्याको समाधान गर्न सक्नु आफ्नो खुबी हो र बाहिरको मानिसको मदत माग्नु पनि अलि अशोभनीय कार्य हो।  त्यसैले यी तरिका अपनाएर आफ्नो समस्याको समधान आफै गर्ने प्रयास गर्नुहोस

तरिका 

यदि तपाईले यस लेखमा उल्लेख भएका कुराहरुलाई मन मस्तिष्कदेखि लागि परेर मनन गरेको खण्डमा निश्चिन्त नै विभिन्न चिन्ता र मानसिक तनावबाट मुक्ति पाउन सकिन्छ।

के त्यो कुरा महत्वपुर्ण छ त ?

सबै भन्दा आफुले आफैलाई सोध्नु आवश्यक छ कि आफुले चिन्ता लिएर बिषय के साच्चै गम्भीर नै छ त या त मनलाई त्यत्तिकै तनावग्रस्त बनाइरहनु भएको छ।

बैचारिक परिवर्तन 

कतिपय अवस्थामा हाम्रो विचार पनि चिन्ताको कारण बन्न सक्छ जसलाई हामी आफु स्वयंमा हाबी  दिन्छौं। यस समयमा आफुले यस विचारमाथि आफैले प्रश्न चिन्ह लगाउनु आवश्यक छ। एकपटक आफ्नो बिचारलाई परिवर्तन गरेर हेरेको खण्डमा बिशेष राहत पनि त् पाउन सकिन्छ।

बर्तमानको समयमा सोच्ने 

अधिकांशको मानसिक तनाव हुनुको आम समस्या भविश्यको बारेमा सोच्नाले पनि हुने गर्छ। यदि तपाईले बर्तमानको खुसि र परिस्थितिलाई राम्रोसंग नियालेको खण्डमा अवश्य त्यस्ता चिन्ताबाट केहि हदसम्म मुक्ति पाउन सकिन्छ। वर्तमानको खुसीमा रम्न नजानेर आखी किन भविष्यलाई सम्झेर मानसिक तनाव दिने

आफ्नोपन खोजी 

कुनै पनि समयमा आफुलाई के गर्दा बढी खुसि मिल्छ त्यो कुरालाई राम्रोसंग पहिचान गर्नु आवश्यक छ जसले तपाईलाई सोचेको भन्दा बढी खुसि र सन्तुष्टि प्रदान गर्न सक्छ। किनकी यसो गर्नाले अनावश्यक चिन्ता र तनावबाट छुटकारा पाउन सकिन्छ।  जस्तै रमिला गीत सुन्ने , नाच्ने , घुम्ने , पढ्ने आदि इत्यादी

भरोसा भएको मानिससंग कुरा खोल्ने 

भनिन्छ कुनै व्यक्तिलाई आफ्नो कुरा सुनायो भने मन हल्का हुन्छ। हुन पनि हो यदि तपाईलाई आफ्नो समस्याको कारण अरुलाई बताउदा मानसिक शान्ति मिल्छ भने यसै गर्नुहोस।  यसो भन्दैमा कुनै अपरिचित र भरोसा नभएकाहरु संग होइन। आफ्नो मनको कुरा सदा सर्वदा आफुलाई भरोसा गर्ने र भरोसा लाग्ने संग मात्र गर्नु उपयुक्त हुन्छ।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७१२:२२

‘सूर्य तेल’मा छ यस्ता विभिन्न गम्भीर रोग देखि छुटकारा दिलाउने क्षमता !