काठमाडौंमा निषेधाज्ञा कडा, थप स्पष्ट निर्णय गरियो ! [सूचना सहित]

काठमाडौँ – काठमाडौँ जिल्लामा निषेधाज्ञा झन् कडा पारिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न क्षेत्रमा थप कडाई गर्ने निर्णय गरेको हो।

प्रशासन कार्यालयले आइतबार एक सूचना निकालेर खाद्यवस्तु, दूध, फलफूल, तरकारी र माछामासु पसल लगायत खोल्न पाउने समयलाई घटाएको छ। यस अगाडी खाद्यवस्तु, दूध लगायतका पसललाई अत्यावश्यक सेवामा राख्दै कतिबेला पनि खोल्न पाउने व्यवस्था गरिएको थियो।

अब भने यस्ता व्यवसाय बिहान सवा ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ। औषधि,पानी र स्वास्थ्य सामग्री विक्री वितरण भने जुनसुकै समयमा गर्न पाइने छ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढेसँगै तीनै जिल्लामा भदौ ३ गतेदेखि १० गतेसम्म निषेधाज्ञा लागू गरिएको थियो।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७१४:१२

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो !