काठमाडौंको अवस्था चिन्ताजनक: सबैभन्दा धेरै मृत्यु बानेश्वर क्षेत्रमा !

काठमाडौं । काठमाडौं उपत्यकामा विहिवारसम्म करिव ३ हजार सक्रिय संक्रमित पुगेका छन् । पछिल्ला केही दिनमा दैनिक एक सय पचास देखी दुई सयसम्म संक्रमित फेला पर्न थालेपछि स्थिति गम्भिर बन्न थालेको हो । स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो तथ्यांकले काठमाडौंको अवस्था अत्यन्तै चिन्तित बनेको बताएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

मानिसहरुले अटेरी गरिरहने हो भने अझै पनि भयावय अवस्था आउने चिन्ता व्यक्त गरेको छ । आइतवारसम्मको तथ्यांक हेर्ने हो भने उपत्यकाका तीन जिल्लामा २ हजार ९६५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौं जिल्लामा जनसंख्या अत्याधिक रहेको छ ।

सरकारी तथ्यांक हेर्ने हो भने उपत्यकामा करिव ५० लाख व्यक्ति बसोबास गरिरहेका छन् । काठमाडौंमा आइतवारसम्म २ हजार ३६८ सक्रिय संक्रमित रहेका छन् । ललितपुरमा ३६६ र भक्तपुरमा २३१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म उपत्यकामा कुल संक्रमितको संख्या ३ हजार २६२ पुगेको छ । तर, संक्रमित निको हुने दर भने तथ्यांकले न्युन देखाएको छ । हालसम्म केवल २९७ जनामात्रै निको भएको देखाएको छ ।

काठमाडौं महानगरपालिकामा संक्रमणको स्तर भयानक रहेको छ । काठमाडौंमा मात्रै शनिवारसम्म १ हजार ६०६ जना संक्रमित फेला परेका छन् । ३२ वटा वडामध्ये दुई वडामा १ सय भन्दा बढि संक्रमित फेला परेका हुन् । वडा नम्बर ३२ कोटेश्वरमा १२३ र वडा नम्बर २ महाराजगञ्जमा ११९ जना संक्रमित छन् । शनिवारसम्म महानगरमा कोरोना संक्रमित ८ जनाको मृ-त्यु भएको छ ।

काठमाडौं महानगरले तयार पारेको तथ्यांक अनुसार मृ-त्यु हुनेमा सबैभन्दा धेरै वडा नम्बर १० बानेश्वर क्षेत्रका छन । बानेश्वर क्षेत्रमा कोरोना संक्रमित ३ जनाको मृ-त्यु भएको छ । त्यस बाहेक वडा नम्बर २७ महावौद्धमा २ जना, वडा नम्बर ४ बालुवाटारमा १ जना, वडा नम्बर १२ टेकुमा १ जना र वडा नम्बर २० भीमसेनस्थानमा १ जनाको मृ-त्यु भएको महानगरले जनाएको छ ।

प्रकाशित : सोमबार, भदौ ०८, २०७७०३:३९

१४ वर्षभन्दा पुराना मोटरसाइकल चढ्नेले ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने !