कब्जियतको समस्याबाट छुटकारा पाउन गर्नुहोस् यी घरेलु उपाय !

कब्जियतको समस्या अत्यधिक मात्रामा खाने, कम पानी पिउने, उचित आहार नखाएको र धुम्रपानको कारणले हुनसक्छ। यसको कारण पेट फुल्नु, बान्ता आदि जस्ता समस्या आउँछ। यसको कारण मानसिक तनाब बढ्ने पनि हुनसक्छ। कब्जियतको लागि धेरै उपचारविधिहरू आयुर्वेदमा वर्णन गरिएको छ जुन सजिलै हाम्रो घरमा पाइन्छ।

दूधमा घिउ मिलाएर पिउनुहोस् 

यदि तपाईंलाई कब्जियतको समस्या छ भने, यसको लागि एक कप दूधमा एक चम्चा घीउ मिलाएर राती सुत्ने समयमा पिउनुहोस्। यसले तपाईंलाई कब्जियतबाट राहत दिलाउँछ।

तातो पानीको साथ सौंफ 

आयुर्वेदका अनुसार सौंफ पनि कब्यितबाट राहत प्रदान गर्न निकै मद्दतगार हुन्छ। सौंफलाई भुटेर राती सुत्नु अघि तातो पानीमा एक चम्पा भुटेको सौंफ मिलाएर सेवन गर्नुहोस्। यसले कब्जियतबाट राहत प्रदान गर्दछ।

फिग 

तपाईंले फिगको फाइदाको बारेमा सुनेको हुनुपर्छ। यसमा फाइबरको मात्रा भरपूर हुन्छ जसले पाचन शक्तिलाई मजबूत बनाउन मद्दत गर्छ। तातो पानीमा भिजेको फिग खाँदा कब्जियतबाट राहत पाउनु हुनेछ।

किसमिस 

किसमिस पनि कब्जियतको समस्याको लागि लाभदायक हुन्छ। एक गिलास दूधमा ५ वटा किसमिस मिलाएर उमाल्नुहोस्। यो दूध राती सुत्नु अघि पिउनुहोस्। यसले कब्जियतको समस्याबाट राहत प्रदान गर्छ।

टमाटरको सलाद 

कब्जियतको समस्याबाट छुटकारा पाउन तपाईं सलादमा टमाटर खान सक्नुहुन्छ। कब्जियतको समस्यामा टमाटर धेरै फाइदाजनक हुन्छ। टमाटरमा नुन मिलाएर खाँदा पेट पनि सफा हुन्छ।

प्रकाशित : सोमबार, भदौ ०८, २०७७१३:१६

दिनहुँ ढाड दुखेपछि अस्पताल पुगे, स्क्यान गर्दा यस्तो भेटियो की डाक्टर समेत चकित परे !