भोलि भदौ ९ गते मंगलबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मित्रगणको साथ दिन आनन्दमय रूपले बित्नेछ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ। मध्यान्हपछि भने बोलीमा ध्यान दिनुहोला। खर्चमा वृद्धि हुनेछ। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। नयाँ वस्त्र एवम आभूषण प्राप्त होला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ। शत्रु तथा प्रतिस्पर्धी माथि विजयी हुनुहुनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। यात्राको योग रहेको छ। मध्यान्हपछि खर्चमा वृद्धि हुनेछ। व्यापारमा समय अनुकूल रहला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहला। मध्यान्हपछि पारिवारिक वातावरण सुखमय रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग मिल्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक रूपले व्यग्रता रहला। यात्रा गर्दा विशेष सावधान रहनुहोला। आमाको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। नयाँ कार्य सुरु नगरेकै राम्रो हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

नयाँ कार्य प्रारम्भ गर्न समय शुभ रहनेछ। धार्मिक यात्राको योग बन्नेछ। आर्थिक लेन-देन गर्नको लागि पनि समय उत्तम छ। मध्यान्हपछि स्वास्थ्यमा समस्या आउनसक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य प्रारम्भ गर्नु उचित नहोला। बोलीको कारण कसैसंग मनमुटाव हुनसक्छ, त्यसैले बोल्दा ध्यान दिनुहोला। स्वास्थ्य सामान्य रहनेछ। मध्यान्हपछि भने परिस्थिति अनुकूल हुनेछ। भाग्य वृद्धि हुने देखिन्छ। यात्राको योग बन्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक अस्वस्थता रहन सक्छ। अधिक खर्च हुनाले आर्थिक समस्या आउनसक्छ। मध्यान्हपछि भने स्वास्थ्यमा सुधार आउने देखिन्छ। आर्थिक लेन-देनको लागि समय शुभ छैन। परिवारमा मनमुटावको स्थिति आउनसक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्यमा समस्या आउनसक्छ। मनमा नकारात्मक भावना उत्पन्न होला। कानुनी मामलामा सजक रहनुहोला। मध्यान्हपछि स्वास्थ्य सुधार आउने देखिन्छ। मनोरंजनमा खर्च हुनेछ। तपाईंको आत्मविश्वास तथा मनोबल बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आयमा वृद्धि हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। सामाजिक कार्यमा संलग्न हुन पाउँदा मन प्रशन्न रहनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। व्यापारमा विशेष लाभ मिल्ने देखिन्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। खर्चमा वृद्धि हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यपार व्यवासयमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट प्रत्साहन मिल्नेछ। पदोन्नतीको योग रहेको छ। परिवारमा आनन्दमय वातावरण रहनेछ। सामाजिक तथा आर्थिक क्षेत्रबाट लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। यात्राको योग बन्ने देखिन्छ। मध्यान्हपछि व्यपारमा परिस्थिति अनुकूल रहनेछ। गृहस्थजीवन सुखमय रूपले बित्नेछ। व्यावसायिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ। उच्च पदाधिकारी तपाईंसंग प्रशन्न रहनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। वाणीमा संयम राख्नुहोला। गूढ विद्या के प्रति आकर्षण बढ्नेछ। मध्यान्हपछि परिस्थिति अनुकूल हुनेछ। वौद्धिक तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ।

प्रकाशित : सोमबार, भदौ ०८, २०७७१३:०२

भोलि भदौ १० गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस दैनिक राशिफल !