काठमाडौँ : धेरै बच्चाहरुमा माटो खाने बानी हुन्छ। बच्चाहरुका यस बानीले अधिकांस माता-पिता चिन्तित रहन्छन्। यदि तपाईको बच्चाको पनि माटो खाने बानी छ भने उसलाई माटो खाने बानीबाट छुटाउने सबैभन्दा राम्रो तरिका भनेको उसलाई दोस्रो काममा भुल्याउनु हो। ताकि माटो खाने तर्फ ध्यान नै नजाओस्। माटो खानु एक गलत आदत हो। जसले बच्चाको पेटमा दर्द यानि पीडा हुन्छ। पेटमा किराको संक्रमण हुन् सक्छ र यसको कारण बच्चाहरुमा पत्थरीको समस्या पनि हुन् सक्छ।
बच्चाको यस आदत छुटाउनको लागि अपनाउनुहोस यी तरिका :
१. ल्वाङको केही टुक्रा पिसेर पानीमा उमाल्नुहोस। र बच्चालाई एक-एक चम्चा गरी तीन समय उक्त पानी दिनुहोस्। यसले उसको माटो खाने आदतबाट चाँडै छुटकारा मिल्छ।
२. बच्चालाई हरेक दिन एक केरा महसँग मिलाएर खानको लागि दिनुहोस्। केही दिनमै बच्चामा फरक देख्नुहुनेछ।
३. हरेक रात मनतातो पानीसँग एक चम्चा ज्वानोको चुर्ण मिलाई खान दिनुहोस्। यसले बच्चाको माटो खाने आदत छुट्नेछ।
४. बच्चाको पूर्ण स्वास्थ्य जाँच गराउनुहोस्। बच्चाको शरीरमा केही अत्यावश्यक पोषक तत्व कमी भएको पनि हुन् सक्छ। पोषक तत्वको कमीको कारण पनि बच्चाहरु माटो खान थाल्छन्। बच्चालाई पूर्ण आहार दिनुहोस्, उसको शरीरनमा कुनै तत्वको कमी नहोस्।