बर्दीको आडमा ब्रह्मलुट: गुन्डाशैलीमा यी हवलदार उठाउँछन् ‘हप्ता’ !

वीरगञ्ज । प्रहरी चौकी बहुअर्वा भाठाका प्रहरी हवलदार सुबोध यादवले बर्दीको आडमा ब्रह्मलुट मचाएका छन् । पर्साको विन्दावासिनी गाउँपालिकामा पर्ने सो चौकीका हवलदार यादवले गुन्डाशैलीमा सर्वसाधारणलाई लुट्दै हिँडेका हुन् ।

लकडाउनको मौका छोपी हवलदार यादव बहुअर्वा भाठा चौक, विश्रामपुर र गर्दाैल लगायतका स्थानीय पसले व्यवसायीसँग डराईधम्काई पैसा असुली गरी लुट्दै हिँडेका छन् । प्रहरी प्रशासन जनताको रक्षक भए पनि पछिल्लो समयको लक डाउनको बेला बहुअर्वा, गर्दाैल र विश्रामपुर गाउँका स्थानीयमाथि अ-पराधीजस्तो अन्धाधुन्ध लठ्ठी प्र-हार गरी आफूप्रति जनतामा भय, डर र त्रास देखाएर हवलदार यादव अहिले खुद्रा पसले अथवा सानो व्यवसायीहरूसँग पैसा असुली गरी व्यवसाय सञ्चालन गर्न दिइरहेको स्थानीयले दुःखेसो पोखेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

बहुअर्वा भाठ्ठा प्रहरी चौकीमा असई भए पनि चौकीका सबै कमान्ड हवलदार सुबोध यादवले नै चलाउने गरेकोले असईसँग गुनासो गर्ने सर्वसाधारणलाई समेत कुटपिट गरी लुटपाट मचाएको व्यवसायीहरूको गुनासो छ । कुनै कुनै व्यवसायीले पैसा दिन नमान्दा लक डाउनको बाहानामा कुठाराघात तरिकाले कुटपिट गरी सरसमानालाई समेत फाल्ने गरेको स्थानीयले बताएका छन् ।

पर्सामा पहिलोपटक महिला प्रहरी प्रमुखको कमान्डमा आएकी एसपी गंगा पन्त पर्सामा आएको बेला भय, डर र त्रासरहित आमनागरिकलाई सबै कुरो बोल्नसक्ने वातावरण सिर्जना गर्ने दाबी गरेकी भए पनि हवलदार यादवको दादागिरीले पीडित व्यापारी नामसमेत राख्नबाट यतिबेला त्राहिमाम भएका छन् ।

कोरोना महामारीमा जारी लक डाउनको बेला स्थानीयमाथि लठ्ठी प्र-हार गरी आफ्नो पहुँच माथिसम्म भएकोले कसैले पनि मेरो केही गर्न नसक्नेजस्ता कुराले धम्काउँदै जनताको रक्षक हुने हवलदार यादव अहिले जनताको भक्षक भएका छन् । स्रोतले बताएअनुसार माथिसम्म पहुँच भएको त-स्कर गिरोहले पनि हवलदार यादवलाई सघाउने गरेकोले सरुवा भए पनि अहिले उनलाई रोकिएर राखिएको छ ।

प्रकाशित : मङ्गलबार, भदौ ०९, २०७७०३:३२

त्रिविको स्थगित परीक्षा असोजभित्रै !