‘स्वारेज पीएसजीमा, नेयमारसँग पुनर्मिलन?’

एजेन्सी – आउने सिजनमा लुइस स्वारेज बार्सिलोनामा नरहने लगभग पक्का जस्तै भएको छ। क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजलाई आफ्नो योजनामा राखेका छैनन्। आउने सिजनमा स्वारेजलाई लिएर आफूले कुनै योजना नबनाएको उनले स्पष्ट पारिसकेका छन्।

स्वारेजको बार्सिलोनासँग अझै एक वर्ष सम्झौता रहेको छ । प्रशिक्षकले नै स्वारेज आफ्नो योजनामा नरहेपछि बताएपछि उनको बहिर्गमन लगभग पक्का जस्तै भएको छ।

यससँगै स्वारेज कता जाने हुन् भन्ने बारे चर्चा शुरु भएको छ। यति बेला स्वारेज आफ्नो पूरानो क्लब लिभरपुल फर्किने हल्ला पनि चल्न थालेको छ भने उनी माथि अर्को पूर्व क्लब आयाक्सले पनि चासो व्यक्त गरेको बताइन्छ।

तर, केहि संचार माध्यमहरु भने स्वारेज फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जान सक्ने दावी गरिरहेका छन्। नेयमारको स्वारेजसँग राम्रो सम्बन्ध रहेको र यस भन्दा अगाडी दुवै जना एकै क्लबमा रहेर खेलिसकेका कारण स्वारेज पीएसजी जान सक्ने बताइन्छ।

बताइएअनुसार, नेयमारले केहि समय अगाडी पीएसजीलाई स्वारेज ल्याउन सुझाव समेत दिएका थिए। यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेल पनि स्वारेजलाई लिएर सकारात्मक रहेको बताइन्छ।

बार्सिलोनाले राख्न नचाहेको भएपनि स्वारेजले भने त्यहिँ रहेर करियरको अन्त्य गर्ने इच्छा व्यक्त छन्।

प्रकाशित : मङ्गलबार, भदौ ०९, २०७७०६:३७

बार्सिलोना छोड्ने मेस्सीको निर्णय, पठाए यस्तो पत्र !