काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। उपत्यकामा रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट उपत्यकामा अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले उपत्यकाका तीनै जिल्लामा गरी २ सय ३२ जना संक्रमित फेला परेको जानकारी दिए। उनका अनुसार २ सय ३२ जना मध्ये एक सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जना रहेका छन्।
यस्तै बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए ।
आज ११ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको छ।