जटिल बन्दैछ कोरोना संक्रमण : ९ दिनमा ६० जनाको लियो ज्यान !

File photo

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालमा भदौको ९ दिनमा ६० जनाको मृ-त्यु भएको छ । पछिल्लो एक साता यता दैनिक ६ देखी ११ जनासम्मको मृ-त्यु हुने गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारीक तथ्यांकअनुसार मंगलबारसम्म १६४ जनाको मृ-त्यु भईसकेको छ । तर, अस्पतालका अनुसार यो संख्या १७२ पुगेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

स्वास्थ्य मन्त्रालयकै तथ्यांक हेर्ने हो भने भदौ १ गतेदखी यता मंगलबारसम्म ६० जनाको मृ-त्यु भएको छ । कोरोनाका कारण नेपालमा पहिलो मृ-त्यु जेठ ३ गते पुष्टि भएको थियो । निधन १ गते नै भएपनि पुष्टि भने ३ गते भएको थियो । साउनको अन्त्यसम्म त्यो बढ्दै बढ्दै १०४ मा आईपुग्यो । साउन १८ गतेसम्म पनि ५७ जना संक्रमितको मृ-त्यु भएको थियो ।

तथ्यांक हेर्दा मृ-त्युको हुनेको संख्या पछिल्लो समय तिव्र रुपमा बढ्दै गएको देखिएको छ । स्वास्थ्यविज्ञहरुका अनुसार कोरोना संक्रमणको असर तत्कालै देखिदैन । तीन साता अगाडी फैलिएको कोरोनाको असर अहिले देखिरहेको उनिहरुको भनाई छ । भित्रभित्रै फैलिएको संक्रमणलाई समुदायमा पुग्नबाट रोक्न सकिएन भने पनि मृ-त्युदर अझै बढ्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

पछिल्लो २४ घण्टामा १ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृ-त्यु भएको मन्त्रालयले बताएको छ । मृ-त्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् । काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र ७१ वर्षीया महिला छन् । त्यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।

प्रदेशगत रुपमा सबैभन्दा बढि प्रदेश–२ मा मृतकको संख्या रहेको छ । मंगलबारसम्म त्यहा ६८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि वाग्मतीमा एक चिनियाँ नागरिकसहित ३५ जना, प्रदेश–५ मा २२ जना र प्रदेश–१ मा १९ जनाको मृ-त्यु भईसकेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा ८÷८ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जनाको कोरोना संक्रमणका कारण मृ-त्यु भएको छ ।

मंगलबारमात्र काठमाडौंमा रकेर्ड २३२ जनासहित ८५५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ भने १९ हजार ११९ निको पनि भएका छन् । तर, निको हुने दर ५७ प्रतिशतमात्र देखिएको छ । जुन चिन्ताको विषय भएको जनस्वास्थ्य विज्ञहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुखले नेपालमा थप भयावह अवस्था आउन सक्ने भन्दै नआत्तिन आग्रह गरेका छन् । कार्यालय प्रमुख डा. जोस भान्देलारले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्ने भएकाले मृ-त्युदर बढ्न सक्ने बताए । कोरोना संक्रमण फैलिएको अन्य मुलुकमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०.१ प्रतिशतलाई मात्र संक्रमण देखिएको उनले बताए ।

अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उनले दाबी गरे । ‘अहिले टोल र छिमेकमा संक्रमण देखिँदै जाँदा आत्तिनु पर्दैन, अन्य देशको जस्तो हाम्रोमा संक्रमण फैलिन्न’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. भान्देलारले भने, ‘समाजका सबै मानिस संक्रमित हुने होइनन् ।’ नेपालमा भेटिएका अधिकांश संक्रमितमा मन्द लक्षण देखिएको र यो घातक नहुने उनको कथन छ ।

अहिले देशभरि १४ हजार २५० जनामा सक्रिय संक्रमण रहेका छन् । तीमध्ये ५ हजार ६६९ जना घरमै र बाँकी ८ हजार ५८१ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ । सबैभन्दा बढी सक्रिय संक्रमित भएका दुई प्रदेशहरू प्रदेश–२ र वाग्मती हुन् । प्रदेश–२ मा ५ हजार ३४१ र वाग्मतीमा ४ हजार १७५ रहेका छन् ।

प्रकाशित : बुधबार, भदौ १०, २०७७०२:२३

कोरोनाको उच्च जोखिममा प्रहरी, सीमानाकामा खटिएका सशस्त्र अझ बढी जोखिममा !