अस्ट्रेलियामा गोलभेडा खेतीमा जमेका युवराज: बार्है महिना उत्पादन, बार्है महिना कमाई [तस्विर]

काठमाडौँ – नेपाली विद्यार्थीहरुको रोजाईमा सबै भन्दा अगाडी आउने देश अस्ट्रेलिया हो। पछिल्लो एक दशकमा अस्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो रोजाईको रुपमा अगाडी आएको छ।

अस्ट्रेलिया पुगेर आफ्नो शिक्षा सकेपश्चात नेपालीहरु ईन्जिनियरिंग, चिकित्सा, नर्सिंङ, प्राध्यापन, पर्यटन, शिक्षा, हस्पिटालिटी, रियलस्टेट, शैक्षिक परामर्श लगायत विभिन्न पेशा र व्यवसायमा संलग्न हुने गरेका छन्। पहिल्लो समय अस्ट्रेलियामा रहने नेपालीहरु कृषिमा पनि संलग्न छन्। त्यहि मध्ये एक हुन् मकावानपुर पालुङबाट अस्ट्रेलिया आएका युवराज के.सी. खत्री।

११ वर्ष अघि विद्यार्थीको रुपमा नेपालको मकावानपुर पालुङबाट क्विन्सल्याण्डको तोअम्बा पुगेका उनी अहिले “युबिज फार्म” संचालन गरिरहेका छन्। सन् २०१२ मा शुरु गरेको उक्त फार्ममा पहिला विभिन्न ७ वटा रंगमा फल्ने टमाटरको खेति हुँदै आएको थियो।

अहिले त्यसलाई बढाएर १५ वटा रङका १२ प्रकारका गोलभेडा उत्पादन गर्न थालिएको उनी बताउँछन्। के.सी. का अनुसार बिरुवा रोपेको ६ हप्तामा टमाटर बजारमा पठाउन थालिन्छ भने टमाटर बजारमा प्रति किलो २० डलर सम्म बिक्छ।

रेयर र हेरिटेज भेराइटिका गोलभेडा उत्पादन गर्ने क्विन्सल्याण्ड राज्यमा केसी एक्ला व्यक्ति हुन् । उनको उत्पादन ब्रिसवेन, गोल्ड कोष्ट र तोअम्बामा खपत हुन्छ ।

हप्तामा कम्तिमा तिन हजार किलो भन्दाबढी गोलभेडाको उत्पादन गरिरहेको उनी बताउँछन्। केसीले ७ एकर र ५ एकरका २ वटा फार्म संचालन गरिरहेका छन्। उनले संचालन गरेको फार्ममा ७ जनाले रोजगारी पाएका छन्।आफ्नो फार्ममा १२ महिना नै उत्पादन भइरहेको उनी बताउँछन्।

“उत्पादनलाई विविधिकरण गर्दै १२ महिना उत्पादन हुने गरि ग्रिनहाउस र इरिगेसन पुर्वाधार थपेपछि उत्पादन अझै बढेको छ ।”,उनी भन्छन्। फार्ममा मौसम अनुसारका काक्रो, भण्टा, जुकिनी, काउनली, बन्दागाेभी र साँगहरु उत्पादन भइरहेको उनको भनाई छ।

(www.nepaleseaustralian.com.au को सहयोगमा)

प्रकाशित : बुधबार, भदौ १०, २०७७०३:४८

विलियम शेक्सपियरका खास विचार : तबसम्म प्रेम गरिरहनु जबसम्म कष्ट पाउन बन्द हुँदैन