पूजा गर्दा मनमा यी ४ भावना उत्पन्न भएमा हुदैन सफल!

हिन्दू धर्ममा धेरै पाठहरु र पुराणहरुको उल्लेख छन् जस मध्ये एक नारदपुराण हो जुन पूर्ण रुपमा विष्णुलाई समर्पित छ। यस पुराणमा भगवान विष्णुको पूजा गर्ने विधि, निषेध र आवश्यक नियमहरूको वर्णन गरिएको छ नारद पुराणमा उल्लेख गरिएको छ कि यदि पूजाको क्रममा मानिसका दिमागमा यी ४ भावनाहरू जागृत भए भने गरेको पूजा असफल हुन्छ र लाभ प्राप्त हुँदैन। त्यसैले, नारद पुराणका अनुसार हामीमा यी ४ भावना कहिल्यै पनि उत्पन्न हुनु हुँदैन।

लोभ

ईश पूजा सदा बिना स्वार्थ नै गर्नुपर्छ, स्वार्थ बिना गरेको पूजाले मात्र फल दिन्छ। तर यदि कुनै पूजाको क्रममा कुनै किसिमको लोभ जागृत हुन्छ भने उक्त पूजा असफल हुन्छ। लोभको साथ गरेको पूजाले कहिल्यै फल दिदैन।

दबाब

परमेश्‍वरको आराधना सधै हृदय र स्व-ईच्छाले गर्नुपर्छ, कसैको दबाबमा वा अरूको इशारामा गरिने पूजा कहिले पनि फलदायी हुँदैन। ।

अज्ञानता

परमेश्वरको उपासना गर्नु अघि पूजाको नियमको ज्ञान हुनुपर्छ, अज्ञानमा गरेको पूजा फलदायी हुँदैन। गलत मन्त्रको जप, अपूर्ण विधिले गरेको पूजाले कहिले पनि पूर्ण नतिजा दिन सक्दैन।

डर वा भय

मनमा डर रहेर गरिएको उपासनाले कहिल्यै फाइदा गर्दैन। पूजा गर्न इच्छा र समर्पण आवश्यक हुन्छ।

प्रकाशित : बुधबार, भदौ १०, २०७७१३:५६

दैनिक २ मिनेट ॐ जप गर्नुहोस्, यी नियमको ख्याल राख्नुहोस् !