मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। आफ्नो वाणी र व्यवहारमा संयम राख्नुहोला। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मित्रगणसँग भेट हुनेछ। यात्राको योग बन्नेछ। मध्यान्हपछि भने समय अनुकूल नरहला। बोलीको कारण समस्या आइपर्न सक्छ, त्यसैले बोल्दा ध्यान पुर्याउनु होला। स्वास्थ्यमा समस्या आउनसक्छ। शत्रुसँग सावधान रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। मनोरन्जन क्षेत्रमा खर्च हुनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। साथीहरुसँग भेटघाट गने अवसर मिल्नेछ। यात्राको योग बन्ने देखिन्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थ्यमा समस्या आउनसक्छ,खासगरि पेट सम्बन्धि समस्या आउनसक्छ। कार्यक्षेत्रमा अधिक परिश्रम गर्नु पर्ने देखिन्छ। मध्यान्हपछि भने स्थिति केहि अनुकूल होला। स्वास्थ्यमा सुधार आउने देखिन्छ। अधुरा रहेका कार्य सफल हुने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। धन हानि हुने सम्भावना रहेको छ। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहला। धन सम्बन्धि आयोजनाको लागि भने समय अनुकूल छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
धन लाभ तथा भाग्य वृद्धिको योग रहेको छ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। मध्यान्हपछि भने समय अप्रतिकूल हुनसक्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। आमाको स्वास्थ्यमा पनि विशेष ध्यान दिनु पर्ने देखिन्छ। पानीबाट टाढा नै रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
शारीरिक तथा मानसिक रूपले स्वास्थ्य बिग्रिन सक्छ। परिवारमा वाद-विवादको स्थिति सिर्जना हुनसक्छ। मध्यान्हपछि भने परिस्थिति अनुकूल हुनेछ। नयाँ कार्य सुरु गर्न समय उतम रहनेछ। यात्राको बन्नेछ। शत्रु पराजित हुनेछन्।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिवारसँग आनन्दपूर्ण समय बित्नेछ। शुभ समाचार मिल्नाले मन प्रशन्न हुनेछ। मध्यान्हपछि भने परिवारमा केहि समस्या आउनसक्छ। अनावश्यक खर्च बढ्नाले आर्थिक स्थिति कमजोर रहला। स्वास्थ्यमा समस्या आउनसक्छ। विद्यार्थीको लागि पनि समय शुभ छैन।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। मनोरन्जन क्षेत्रमा खर्च हुनेछ। आफन्तजनसँग मदभेदको स्थिति आउनसक्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउने देखिन्छ। परिवारमा सुख-शान्तिमय वातावरण रहेनछ। साथीहरुबाट उपहार प्राप्त होला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। छोरा तथा पत्नीबाट लाभ प्राप्त हुने देखिन्छ। मध्यान्हपछि भने स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। सामाजिक रूपमा मानहानिको सम्भावना रहेको छ। खर्चमा वृद्धि हुँदा आर्थिक समस्या आउनसक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
व्यापार क्षेत्रमा विशेष लाभ प्राप्त गर्नुहुनेछ। सामाजिक मान-सम्मान प्राप्त हुने देखिन्छ। पदोन्नतीको योग रहेको छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। आयमा वृद्धि हुनेछ। यात्राको योग बन्ने देखिन्छ। मित्रगणसँग भेट हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
वौद्धिक तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय अत्यन्त शुभ रहेको छ। धार्मिक यात्राको योग बन्नेछ। मित्रगणसँग भेटघाट गर्ने अवसर मिल्नेछ। धन लाभको योग रहेको छ। स्वास्थ्य सामान्य रहनेछ। साथीबाट लाभ मिल्नसक्छ।