स्कुटर दु-र्घटना हुँदा कार्कीको मृत्यु!

सांकेतिक तस्विर

तिलोत्तमा नगरपालिका– ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ३८÷४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति ११ बजेर १५ मिनेट जाँदा आफै अनियन्त्रित भई पल्टिदा गम्भीर घाइते भएका स्कुटी चालक कार्कीलाई उपचारका क्रममा आज क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

ताराखोलामा ‘कोसेली घर’
स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ । ‘कोसेली घर’का लागि चालु आवमा सङ्घ सरकारको रु। ३० लाख र गाउँपालिकाको रु। १५ लाख बजेट छ ।

सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोशेली घर’ निर्माण गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको भनाइ छ । “भवन बनाएर यो वर्षभित्रै सेवा शुरु गर्ने योजना छ”, उहाँले भन्नुभयो । कृषि, पशुजन्य उपजदेखि हस्तकलाका सामग्री, जडिबुटीलगायत स्थानीय उत्पादन बिक्रीका लागि त्यहाँ राखिनेछ ।

मकै, फापरजस्ता कृषि फसल नै बिक्रीमा नराखेर त्यसबाट बन्ने आटो, पिठोलाई ‘कोशेली घर’मा राख्ने सोच गाउँपालिकाको छ । दूध, घिउलगायत पशुपक्षीजन्य उत्पादनको व्यावसायीकरणमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

गाउँपालिकाले किसान, उद्यमीबाट उत्पादन खरिद गर्ने र त्यसलाई बजारसम्म पु¥याउने उद्देश्यसहित ‘कोशेली घर’को अवधारणा अघि सारिएको थियो । “ताराखोला घुम्न आउने पर्यटक, पाहुनाका लागि पनि यहाँको उत्पादन बेच्न सकिन्छ”, अध्यक्ष घर्तीले भन्नुभयो, “यसबाट गाउँघरमै आयआर्जनको बाटो खुल्छ ।”

ताराखोलाबाट नेपाली हाते कागज, अल्लोका कपडा, जडीबुटी, ‘स्लेट ढुङ्गा’, काठ, च्याउ, गेडागुडी, आलु, भाँगोलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ । निगालोबाट बन्ने डोका, डालाडीली, नाङ्ला, काइँयोजस्ता हस्तकलाका सामग्री पनि त्यहाँ उत्पादन हुन्छ ।

ताराखोलाको पहिचान झल्काउने गरी ‘कोशेली घर’ बनाउनुपर्ने स्थानीयवासी बिर्बलाल घर्तीले बताउनुभयो । उहाँले व्यवसाय र उद्यमशीलता प्रवद्र्धन गर्ने योजना ल्याउन गाउँपालिकालाई सुझाव दिनुभयो ।

ताराखोला कृषि, पशुपालन र वनजन्य उद्यमका लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पशुपालनतर्फ भैँसी, बाख्रा, भेडापालन र कृषितर्फ आलु, भाँगोमा गाउँपालिका आत्मनिर्भर छ । ताराखोला आलु खेतीले अझ बढी चिनिन्छ । गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न अनुदान, तालिमलगायत प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।

प्रकाशित : बुधबार, भदौ १०, २०७७११:२५

कारागारमा कोभिड-१९ को सङ्क्रमण बढ्दै जाँदा त्रास उत्पन्न!