अन्डरवर्ल्ड डन दाऊदको ‘ग्याङस्टर गुडिया’, पाकिस्तानी प्रधानमन्त्रीसँग पनि निकट

भारतको मोस्ट वान्टेड भगौडा अर्थात् अन्डरवर्ल्ड डन दाऊद इब्राहिम एक पटक फेरी पनि चर्चामा छन्। यस पटक उनी आफ्नी नयाँ प्रेमिकाको कारण चर्चामा आएका हुन्। एक प्रमुख वेबसाइटले दिएको खबर अनुसार पाकिस्तानी अभिनेत्री मेहविश हयातसँग दाउदको अफेयर चलिरहेको छ। दाउदकै डरको कारण मेहविशले पाकिस्तानी फिल्म इन्डस्ट्रीमा काम पाएको गाईगुई हल्ला चलेका छन्। अहिले पूरा पाकिस्तानमा मेहविश हयात ‘ग्याङस्टर गुडिया’ को नामले चिनिन्छिन्।

दुनियाँभरका सञ्चारमाध्यमहरुमा अनेकन हल्लाहरु फैलिएपछि मेहविश हायातले ट्वीटरमा दाउदसँगको कथित सम्बन्धको बारेमा सफाई दिएकी छिन्। यद्यपि यो पनि अहिलेसम्म कन्फर्म भएको छैन किनकी मेहविशले ट्वीटरमा सफाई दिएको केही छिन पछि नै उनले ट्वीट डिलिट गरेकी  थिईन्। ट्वीटमा उनले यो सबै आफू विरुद्द रचिएको एक षड्यन्त्रको नतिजा भएको बताएकी छिन्। उनले भनेकी छिन् – ‘दाउदसँग मेरो कुनै सम्बन्ध छैन। मानिसहरुले जानीजानी यस्तो अववाह फैलाएका हुन् जो मदेखि जल्छन्।’

पाकिस्तानी प्रधानमन्त्रीको पनि नजिक
पाकिस्तानी  सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार मेहविश हयातको निकटता अन्डरवर्ल्ड डनसँग मात्र नभई पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि रहेको छ। उनी पाकिस्तानी प्रधानमन्त्रीको निकै नजिक छन्।

को हुन् मेहविश हयात
सामाजिक सञ्जालमा दाऊदकी नयाँ प्रेमिकाको नामबाट चर्चामा आएको मेहविश हयात पाकिस्तानी अभिनेत्री हुन्। उनी पाकिस्तानी फिल्म उद्योगमा हट आइटम नम्बर्सको लागि चिनिन्छिन्। यति मात्र नभई उनी गायन क्षेत्रमा संलग्न छिन्। उनले थुप्रै ठुल्ठुला कार्यक्रमहरुमा प्रस्तुति दिईसकेकी छिन्।

दाऊदको दबदबा
मेहविश हयातले फिल्म उद्योगमा दाऊद इब्राहिमसँगको कथित सम्बन्धको कारण काम दिईने गरेको चर्चा छ। यही दबदबाको कारण उनले केही हाई बजेटको फिल्म पाएकी छिन्।

पाकिस्तानको सर्वोच्च पुरस्कार पाइसकेकी छिन्
सन् २०१९ मा मेहविश हयातलाई पाकिस्तानको नागरिक पुरस्कारमध्येको एक तमगा-ए-इम्तियाजबाट सम्मानित गरिएको थियो। यसबारेमा इन्टरनेट ट्रोल पनि भएका थिए।

सामाजिक सञ्जालमा ट्रोल
३४ वर्षीय मेहविश हयातको ट्विटरमा १४ लाख फलोअर्स छन्। उनी खासमा सामाजिक सञ्जालमा लोकप्रिय छिन्। तर हालै उनी सामाजिक सञ्जालमा नराम्ररी ट्रोल भएकी छिन्।

प्रकाशित : बुधबार, भदौ १०, २०७७१४:०४

सुशान्तको पिताले रिया चक्रवर्तीमाथि लगाए गम्भीर आरोप, भने – मेरो छोरालाई सधैँ विष दिन्थिन्