पहिरो विस्थापित सामू सभामुखले भने – ‘दुख र सङ्कटका बेलामा पनि साथ छाड्दिन’

सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताएका छन् ।

जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै आफूले दुख र सङ्कटका बेलामा पनि कहिल्यै साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरे।

विस्थापितका लागि जग्गा दिलाउन आफूले प्रधानमन्त्रीसंँग भेटेर छलफल गर्ने आश्वासन पनि उनले दिए। सभामुख सापकोटासँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्ट पनि बाँसखर्क पुगेका थिए। सभामुखले स्थानीय तहका जनप्रतिनिधिमार्फत थप राहत सामग्री हस्तान्तरणसमेत हस्तान्तरण गरे।

त्यसअघि सभामुख सापकोटाले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए। जुगल गाउँपालिकाको लिदी, बाह्रबीसे नगरपालिकाका जम्बु र खागदल तथा भोटेकोशी गाउँपालिकाको लार्चाका बाढीपहिरोबाट विस्थापित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिमार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

प्रकाशित : बुधबार, भदौ १०, २०७७१६:३६

नारायणगढ–मुग्लिन सडक अवरुद्ध