विदेशबाट नेपाल आउन सर्तै सर्त !

काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सञ्चालन गर्न लागेको हवाई उडानका लागि थुप्रै सर्त राखिएका छन् । मन्त्रालयले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको हवाई उडान प्रतिबन्ध खुला गराउँदै अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान तालिका तय गरेको हो ।

पर्यटन मन्त्रालयले तय गरेको तालिकाअनुसार अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, युएई र कतारलाई अन्तर्राष्ट्रिय नियमित व्यावसायिक हवाई उडानले पुनः नेपालसँग जोडिदिनेछ ।

यसैगरी, सरकारले आगामी १६ भदौ पछि पनि स्वदेशी वायुसेवा कम्पनीबाटै विभिन्न देशमा चार्टर उद्धार उडान नै जारी राख्ने भएको छ । सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्टसहित आउन नसक्नेलाई मध्यनजर गरी केही मुलुकमा चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने निणर्य गरेको हो । सरकारले पहिलो चरणमा पिसिआर परीक्षण सम्भव हुने मुलुकमा मात्र नियमित व्यावसायिक उडानको अनुमति दिएको छ । चौतर्फी विरोधपछि सरकार यस्ता मुलुकमा आगामी १६ भदौबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गर्न बाध्य भएको हो ।

पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ ।

पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य
पर्यटन मन्त्रालयले तय गरेको यस नयाँ तालिकाअनुसार अब नियमित व्यावसायिक उडानबाट नेपाल आउने हरेक यात्रुको पिसिआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य बुझाउनुपर्छ, त्यो पनि ७२ घण्टा भित्रको । पिसिआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिङ पास दिनुपर्ने छ ।

सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने
अब एउटै उडानबाट आएका सबै यात्रुले पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ नतिजा भएको देखाएमा सबै यात्रु होम क्वारेन्टिनमा बस्ने गरी विमानस्थलबाट सोझै आफ्नो जान सक्नेछन् । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । यस्ता यात्रुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड–१९ व्यवस्थापन केन्द्रले गर्नेछ । यस्ता यात्रुले आफ्नो स्वास्थ्य अवस्थाको जानकारीसमेत सम्बन्धित स्थानीय तह र केन्द्रमा नियमित जानकारी गराउनुपर्ने सर्त राखिएको छ ।

अनलाइन फाराम अनिवार्य
नियमित व्यावसायिक उडानबाट आउने सबै यात्रुले विमान चढ्नुभन्दा ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको प्रमाण र सिसिएमसीको वेबसाइटमा राखिएको फाराम भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनुपर्नेछ । कुनै यात्रुले यस्तो फाराम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले विमान चढाउनुभन्दा अघिकै समयमा यात्रुलाई फाराम उपलब्ध गराउनुपर्ने सर्तसमेत राखिएको छ ।

फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने

कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही

विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य

भिसाको जिम्मा अध्यागमनलाई

नियुक्तिपत्रवाहकलाई छुट

स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

प्रकाशित : बिहिबार, भदौ ११, २०७७०१:५०

शैक्षिक क्षेत्र चलायमान हुँदै: ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुल्यो !