“मेस्सी-स्वारेज एक-अर्काका परिपुरक हुन्, स्वारेज अन्यत्र गए मेस्सी बार्सिलोना बस्दैनन्”

एजेन्सी – अहिले विश्वका सम्पूर्ण खेलप्रेमीको ध्यान सुपर स्टार लियोन मेस्सी माथि छ। मेस्सीले बार्सिलोना छाड्न चाहेको खबर बाहिरिए सँगै उनी कुन क्लब जाने हुन् भन्ने सबैको चासो छ। क्लबले मेस्सीलाई बार्सिलोनामै राख्न चाहेपनि मेस्सीले भने अन्यत्र क्लब जान चाहेको स्पष्ट भइसकेको छ।

क्लब अर्का खेलाडी लुइस स्वारेज पनि बार्सिलोनामा नरहने लगभग पक्का जस्तै भएको छ। क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजलाई आफ्नो योजनामा नराखेको स्पष्ट पारिसकेका छन्।

अहिले मेस्सीले क्लब छाड्न लागेको विषयलाई पनि स्वारेजलाई क्लबले राख्न नचाहेको विषयसँग जोडेर हेरिएको छ। स्वारेज मेस्सीसँग धेरै नै नजिक छन्। यस कारणले गर्दा मेस्सीको बहिर्गमन स्वारेजसँग पनि सम्बन्धित हुन सक्ने बताइन्छ।

यसै बीच लुइस स्वारेजका एजेन्टले मेस्सी बार्सिलोनामा रहने नरहने भन्ने कुरा स्वारेजमा पनि भर पर्ने बताएका छन्। मेस्सी र स्वारेज मैदानमा मात्र नभई पारिवारिक रुपमा समेत धेरै नजिक रहेका कारण स्वारेजको भविष्यले मेस्सीको भविष्यमा प्रभाव पार्ने स्वारेजका एजेन्टले अलेजान्ड्रो बलबी बताउँछन्।

उनी भन्छन्,”मेस्सी र स्वारेज एक-अर्काको धेरै नजिक छन्। यस कारण दुवैको भविष्य एक-अर्काबाट प्रभावित हुन्छ। मेस्सी बार्सिलोना रहने-नरहने भन्ने कुरामा स्वारेजको भविष्यले पनि असर राख्छ।”

मेस्सी र स्वारेज एक-अर्काको परिपुरकको रुपमा रहेको अलेजान्ड्रो मान्छन्। उनीहरु एक-अर्कालाई आफ्नै दाजु-भाइ सरह मान्ने अलेजान्ड्रोको भनाई छ। “मेस्सी र सुआरेजबीच धेरै भ्रातृप्रेम छ। उनीहरु छुट्टिन चाहँदैनन्।”,उनी भन्छन्।

मेस्सी र स्वारेजको जोडीले सँगै रहेर ला-लिगा देखि च्याम्पियन्स लिग सम्म जितेका छन्। तर, पछिल्लो केहि समय देखि पनि स्वारेज चोटिल हुँदै आएका छन्। जसकारण क्लब उनलाई नराख्ने मनस्थितमा छ।

प्रकाशित : बिहिबार, भदौ ११, २०७७०७:२८

यस कारण हुन सक्छ मेस्सीको बहिर्गमन गार्हो !