पप गायक बन्ने हुटहुटी चल्यो, खर्च गरे करोड भन्दा बढी !

कतिपय मानिसमा लेही नयाँ र भिन्न कार्य गर्ने शोक हुन्छ र उनीहरु त्यो कुरा गरेरै छोड्छन्। यस्तै एक व्यक्ति छन् अमेरिकामा। अमेरिकाका ३० वर्षीय ओलिभर फ्रस्टले आफ्नो कमाईको करोडौँ रुपैयाँ प्लास्टिक सर्जरीको लागि विगत सात बर्षमा पप आइडल जस्तो देखाउन खर्च गरे। ओलिभर, जसलाई ओली लन्डन पनि भनिन्छ, २०१३ मा कोरियाका एक पप गायकबाट धेरै नै प्रभावित भए र उहाँजस्तै देखिनको लागि सात बर्षदेखि प्रयास गर्दै थिए।

ओली केही समय अघि दक्षिण कोरियामा थिए। उक्त समयमा, उनी कोरियाली बोय ब्यान्ड मेम्बर जिमिनबाट निकै प्रभावित भए जसलाई बी.टि.एस पनि भनिन्छ। त्यसपछि ओलीले जिमिन जस्तै देखिने निर्णय गरे।

ओलीले जिमिनको लुक प्राप्त गर्न धेरै प्लास्टिक सर्जरी गरेका छन्। तर धेरै उपचार अझै बाँकी छ। ओलीले पाँच पटक प्लास्टिक सर्जरी गरिसकेका छन। उनले स्किन व्हाईटनिंग, गालाको हड्डी छोटो पार्नुका साथै आँखाको आकार पनि बदलेका छन्। ओलीले गालालाई शेपमा ल्याउन दुई पटक शल्यक्रिया गरे र चिउँडो पनि मिलाएका छन्।

उनले अहिलेसम्म जिमिन जस्तै देख्नको लागि १ करोड १२ लाख खर्च गरिसकेका छन् र अझै थुप्रै उपचार बाँकी रहेकोले अझ खर्च हुने बताउँछन्।

प्रकाशित : बिहिबार, भदौ ११, २०७७१६:५१

‘सिटी अफ गोल्ड’ नामक यो सहर १५० वर्ष अघि थियो संसार कै सबैभन्दा धनी !