काठमाडौँ – बिहिबार काठमाडौँ उपत्यकामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणबाट अहिले सम्मकै बढी व्यक्तिमा कोरोनाको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले राजधानी उपत्यकामा ३७७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् । यो संख्या अहिले सम्मकै बढी हो।
यस्तै बितेको २४ घण्टामा देशभर अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। प्रवक्ता गौतमले देशभर अहिले सम्मकै बढी १ हजार १११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएको जानकारी दिए।
यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । जस मध्ये १८३ जनाको ज्यान गइसकेको छ। पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएका छन्। जससँगै संक्रमणमुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ।