कोरोना अपडेट: नेपालका ३० जिल्लामा भेटिएनन् कोरोना संक्रमित ! कहाँ-कहाँ ? [सूची सहित]

काठमाडौँ- बिहिबार देशभर अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार १११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन्। संक्रमण हुनेमा ३३४ जना महिला र ७७७ जना पुरुष छन्।

बितेको २४ घण्टामा सबै भन्दा बढी कोरोना भाइरस संक्रमित काठमाडौँ जिल्लामा २ सय ७० जनामा कोरोनाको पुष्टि भएको छ। बिहिबार उपत्यकामा मात्रै ३७७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ पुष्टि छ।

प्रदेश १

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार खोटाङमा एक, मोरङमा २०, संखुवासभामा चार र सुनसरीमा ३८ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश २

पछिल्लो २४ घण्टामा प्रदेश २ का आठै जिल्लामा कोरोनाको पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सप्तरीमा ३२, सिरहामा सात, धनुषामा ३९, महोत्तरीमा ७, सर्लाहीमा ६, बारामा ३०, पर्सामा ८५ र रौतहटमा १५ जना संक्रमित थपिएको जानकारी दिए।

प्रदेश ३

सिन्धुलीमा ५, रामेछापमा ६, दोलखामा २ , भक्तपुरमा ४१, धादिङमा १, काठमाडौंमा २७०, काभ्रेमा १३, ललितपुरमा ६६, नुवाकोटमा ७, सिन्धुपाल्चोकमा ३, चितवनमा ४५ र मकवानपुरमा जना नयाँ संक्रमित थपिएका छन्।

कोरोनाका पुष्टि भएका अन्य जिल्लाहरु निम्न छन् –

बाग्लुङमा ८, गोरखामा १, कास्कीमा दुई, लमजुङमा ३ र पूर्वी नवलपरासीमा १७ जना संक्रमित थपिएका छन्। साथै पर्वतमा एक र कपिलवस्तुमा थप २१ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यस्तै पश्चिम नवलपरासीमा १८, रूपन्देहीमा ७२, गुल्मीमा ३, दाङमा २, प्यूठानमा ४, बाँकेमा ७५ र बर्दियामा १ जनामा संक्रमण को पुष्टि भएको छ।

त्यस्तै सुर्खेनमा ९, दैलेखमा १२, जाजरकोटमा २०, कैलालीमा २०, डोटीमा ६, बझाङमा १, कञ्चनपुरमा ६ र बैतडीमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३० जिल्लामा थपिएनन् संक्रमित

बितेको २४ घण्टामा नेपालका ३० जिल्लामा कोरोनाको पुष्टि भएको छैन। बिहिबार कोरोना संक्रमित नथपिएका जिल्लामा भोजपुर, धनकुटा, इलाम, झापा, पाँचथर, ओखलढुंगा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा छन्।

यस्तै बितेको २४ घण्टामा रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, पाल्पा, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, अछाम, बाजुरा, डडेल्धुरा र दार्चुलामा पनि संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित : बिहिबार, भदौ ११, २०७७११:५२

आफैंलाई कोरोना सङ्क्रमण भएपछि आइसोलेसनबाटै अस्पताल हाँक्दै डा तिवारी