काठमाडौँ – बिहिबार बढेको सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला ७ सय रुपैंयाले घटेको छ।
मूल्य घटेसँगै आज आज छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय निर्धारण गरिएको छ ।
सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ।
गत हप्ताको शुक्रबार देखि लगातार घटेको सुनको मूल्य हिजो बिहिबार बढेको थियो। बिहिबार सुनको मूल्य प्रतितोलामा ८ सय रुपैंयाले बढेको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला रु ५ले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैंयामा कारोबार भइरहेको छ।