काठमाडौँ : दुनियाँभरका धेरै देशमा फैलिएको कोभिड-१९ महामारी(COVID-19 Pandemic) को कारण मानिसको जीवनशैली पूर्ण रुपमा बदलिएको छ। यस्तो अवस्थामा यदि तपाई फेमिली प्लान गर्नेबारे सोच्दै हुनुहुन्छ भने सावधान बन्नुहोला। कोरोना भाइरस बच्चा देखि वृद्दसम्मको लागि निकै खतरनाक हुन्छ। साथै केही देशहरुमा गरिएको शोधमा सामान्य मानिसको तुलनामा गर्भवती महिलालाई कोभिड-१९ बाट संक्रमण हुने सम्भावना अधिक हुन्छ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले गरेको शोधअनुसार गर्भवती कोरोना संक्रमित भएमा आईसीयूमा भर्ती हुने खतरा ५० प्रतिशत बढी हुन्छ। कोरोना संक्रमित गर्भवती महिलालाई भेन्टिलेटरको जरुरत पनि ७० प्रतिशत बढी हुने देखिएको छ। त्यस्तै जर्नल ब्लगले न्युयोर्कको तीन अस्पतालमा गरेको अध्ययन अनुसार ६५० गर्भवती महिलामध्ये ७० महिलामा बच्चा डेलिभरी पछि कोरोनाको सङ्केत देखिएको थियो।