विनोद चौधरीलाई कोरोना संक्रमण !

काठमाडौँ- नेपालका धनाड्य उद्योगी तथा सांसद विनोद चौधरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। चौधरीले आफूमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको सामाजिक संजाल मार्फत जानकारी गराएका हुन्।

शुक्रबार बिहान आएको पिसिआर रिपोर्ट अनुसार आफूमा कोरोना संक्रमण देखिएको उनले ट्वीटर मार्फत जानकारी गराएका छन्। आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको उनको भनाई छ। साथै उनले कोरोना पुष्टि भएपनि कुनै किसिमका लक्षण भने नदेखिएको जानकारी गराएका छन्।

“प्रिय मित्र तथा शुभचिन्तकहरु – आज बिहान आएको पीसीआर टेस्टको रिपोर्ट अनुसार मलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। सकारात्मक परिक्षण गरेको छु! भगवानको कृपाले, ममा अहिलेसम्म कुनै लक्षणहरू भने देखिएका छैनन्। जे होस्, म डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा छु। जो कोही मसँग सम्पर्कमा आउनुभएको छ भने कृपया सम्भाव्य सावधानी अपनाउँनुहोस्! सादर”,चौधरीले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : शुक्रबार, भदौ १२, २०७७०७:२९

सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ !