काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले डा. गोविन्द केसी जुम्लामा प्रहरी घेराबन्दीमा राखेको विषय प्रति आपत्ति जनाएका छन्।
टिचिङ अस्पतालबाट सेवानिवृत्त भएपश्चात कर्णालीका दुर्गम क्षेत्रमा नि:शुल्क उपचार गर्दै हिँडेका डा. गोविन्द केसी जुम्लामा प्रहरी घेराबन्दीमा परेको थाहा हुन आएकासँगै भट्टराईले आपत्ति जनाएका हुन्। सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छा भएपनि सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्न भने नहुने भट्टराईको बुझाई छ।
भट्टराईले डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान/कानूनको कुन धारा/दफा उल्लंघन हुन्छ भनेर सरकारलाई प्रश्न पनि गरेका छन्।
ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ त छैन भन्ने पनि भट्टराईको प्रश्न छ। ओलीतन्त्रबाट प्रजातन्त्र नै धरापमा परेको भन्दै उनले प्रजातन्त्रजोगाउन आह्वान गरेका छन्।
“सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो?डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान/कानूनको कुन धारा/दफा उल्लंघन हुन्छ?ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ?#SaveDemocracy” ,भट्टराईले लेखेका छन्।
सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो?डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान/कानूनको कुन धारा/दफा उल्लंघन हुन्छ?ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ?#SaveDemocracy
— Baburam Bhattarai (@brb1954) August 28, 2020