सज्जा चौलागाईं बनिन् तेस्रो नेपाल आइडल

काठमाडौँ –  नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् । शुक्रवार भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा पहिलो महिला नेपाल आइडल बनेकी हुन्। मोरङकी सज्जा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आइरहेकी छिन्।

कोभिड–१९ को महामारीका कारण एपी वान टेलिभिजनमार्फत् नतिजा सार्वजनिक गरिएको थियो। नेपाल आइडलकै एक सदस्यमा संक्रमण भएपछि फाइनल घोषणा कार्यक्रम राखिएको थिएन। प्रबिण फस्ट रनरअप र किरण सेकेण्ड रनरअप बनेका छन्।

विजेता चौलागाँईले ‘नेपाल आइडल-३’ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् । त्यस्तै, फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन्। उक्त कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।

प्रकाशित : शुक्रबार, भदौ १२, २०७७१६:२३

सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा, आमाको सङ्क्रमण नसरोस् भनेर अलग्गै राखियो !