मृत्युपछि पनि कोरोना रिपोर्ट समयमै पाउन गार्हो !

काठमाडौं । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

बिरामीको मृ-त्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो वातावरण नहुने र मृ-त्युपछि ढिलो रिपोर्ट आउँदा संक्रमण देखिए ट्रेसिङमा समस्या हुने गरेको आफन्तहरूको गुनासो छ ।

उदयपुरका ५२ वर्षीय एक पुरुषको गत ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा मृ-त्यु भयो । सोही दिन बिहानै उनको स्वाब लिइएको थियो । तर, उनको पिसिआर परीक्षणको रिपोर्ट तीन दिन पछि १२ गते शुक्रबार आयो । उनका एक आफन्तले भने, ‘के गर्नु रिपोर्ट बल्ल आयो । हामी यही अस्पतालमै बस्यौं । हारगुहार गर्दा पनि समयमा रिपोर्ट पाएनौं ।’

ज्वरोको लक्षण देखापरेपछि उनलाई उदयपुरमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सुरुमा कोरोना परीक्षण गर्न नमानेको आफन्तको गुनासो छ ।

—जटिल प्रकृतिका बिरामीको कोरोना परीक्षण गर्नै कन्जुस्याइँ

रिपोर्ट समयमा नपाउँदा आफन्तहरू मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । देशभर अधिकांशको मृ-त्युपछि मात्रै कोरोना परीक्षण भई रिपोर्ट आउने गरेको छ ।

स्वाब संकलन गरिए पनि रिपोर्ट ढिलो आउँदा आफन्तहरू प्रताडित हुने गरेका छन् । गुल्मीमा केही महिनाअघि मृ-त्यु भएका मृतकका एक आफन्तले भने, ‘मृ-त्यु त भयो तर स्वाब संकलन गरेको झन्डै एक हप्तामा रिपोर्ट आयो । हामी निकै तनावमा थियौं ।’

हाल दैनिक ११ हजार जनाको हारहारीमा कोरोना परीक्षण हुने गरेको छ । परीक्षणको दायरा बढाउँदा रिपोर्ट होल्ड भएको हुन सक्ने विज्ञहरू बताउँछन् । यस्तै, अस्पतालहरूले लक्षण देखिएका बिरामीहरूको कोरोना परीक्षणलाई द्रुत रूपमा अघि बढाउन नसकेको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले केन्द्रीय प्रयोगशालाले आकस्मिक रिपोर्ट स्वाबको नमुना आएको १२ घण्टाभित्रसम्म दिइने गरेको बताए । उनले भने, ‘आकस्मिक अवस्थाको भए स्वाबको रिपोर्ट सामान्यतया १२ घण्टासम्म आइपुग्नु पर्छ । सम्बन्धित अस्पतालका चिकित्सकको सिफारिस चाहिन्छ । तर, होल्डिङ भएका स्याम्पलको रिपोर्ट २४ देखि ३६ घण्टाभित्र आउँछ ।’

प्रकाशित : शनिबार, भदौ १३, २०७७०२:४४

उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त गर्नेलाई आंशिक शिक्षक नियुक्ति दिने तयारी !