सूर्यबिनायक चोकको सडकमा फ्याँकियो दूध!

सांकेतिक तस्विर

काठमाडौँ, भदौ १३ । आज बिहान भक्तपुर सूर्यबिनायक नगरपालिका-८ स्थित सूर्यबिनायक चोकको सडकमा दुध फ्याकिएको छ । लकडाउनका कारण दुध बिक्रि नभएपछि  सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले सडकमा दूध फ्याँकेका हुन् ।

किसानबाट संकलन गरेको दूध बिक्री नभएपछि सडकमा खन्याइदिएको डेरीका सञ्चालकले बताएका छन् ।

केहि दिनदेखि भएको निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै खाद्यन्न, डेरी, पानि र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाइन्छ । निषेधाज्ञा भन्दा पहिला काठमाडौंमा दैनिक ७ लाख लिटर दूध खपत हुने गर्दथ्यो तर  अहिले करिब तीन लाख लिटर मात्रै दूग्ध पदार्थ बिक्री हुने गरेको नेपाल डेरी एशोसिएसनले जनाएको छ ।

चार महिना  लामो लकडाउनपछि बिचमा करिब एक महिना खुकुलो भएको समयमा व्यवसायी र किसानले केहि राहत पाएका थिए। तर भदौको पहिलो साताबाट फेरी लकडाउन भएपछि व्यवसायीहरु मारमा परेका छन्।

प्रकाशित : शनिबार, भदौ १३, २०७७०९:१७

कोटेश्वरमा कार्यरत १९ ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि