एजेन्सी – भनिन्छ कि कुकुरहरू मान्छेहरूका सबै भन्दा राम्रा साथी र वफादार साथी हुन्। कुकुरहरु मिलनसार र समझदार पनि हुन्छन्। तर केहि प्रजातिका कुकुरहरु धेरै नै खतरनाक र खूंखार पनि हुन्छन्। यस्तै विश्वका सबै भन्दा खूँखार र खतरनाक कुकुर बारे केहि जानकारीहरु निम्न छ।
यो प्रेसा कैनारियो हो, जो मुख्यत: अफ्रिकाको क्यानरी टापुहरूमा पाइने गर्छ। लगभग ६० केजी आसपास तौल हुने प्रेसा कैनारियोलाई १८औं शताब्दी ताका युद्धको समयमा र शिकार गर्दा प्रयोग गरिन्थ्यो।
यो जर्मन शेफर्ड हो। धेरै वजन नभएता पनि यो कुकुर आत्मविश्वास र निडरताको कारण विश्वभर प्रख्यात छ। यो कुकुर धेरै दिन सम्म शान्त बसेमा आक्रामक हुने हुँदा यस कुकुरलाई प्रयास विभिन्न शारीरिक गतिविधिहरुमा संलग्न गराउनु पर्ने हुन्छ। रिसाउँदा यो कुकुर धेरै नै खुंखार हुन्छ भने ज्यानै लिन पनि यो कुकुर पछि पर्दैन।
यो कुकुर रोट्टवीलर्स प्रजातिको हो। विशेष गरेर जर्मनीमा पाइने भएता पनि यस प्रजातिका कुकुरहरु विश्वभर प्रख्यात छ। धेरै बलियो चिउँडो हुने हुँदै यस कुकुर खतरनाक मानिन्छन्। रोट्टवीलर्स प्रजातिका कुकुरहरु धेरै नै बलिया हुन्छन्। सामान्यतया तिनीहरूलाई अपरिचित र अन्य कुकुरहरू मन पर्दैन।
चौ-चौ प्रजातिको कुकुर विशेष गरेर चीनमा पाइन्छ। देख्दा शान्त देखिने भएता पनि यस कुकुर धेरै खतरनाक मानिन्छ। यस कुकुर धेरै नै आक्रामक हुन्छ।
अमेरिकामा पाइने पिट बुल्स सम्भवत विश्वकै सबै भन्दा खतरनाक कुकुरको हो। बिना कारण हमला नगर्ने भएता पनि आवश्यकता परेको खण्डमा धेरै नै क्रुर तरिकाले आक्रमण गर्न सक्छ। पाल्दा हुने गल्ति र लापरवाहीले पिट बुल्सलाई क्रुर र खतरनाक बनाउने विज्ञहरु बताउँछन्।