यसकारण नफाल्नुहोस् आलुको बोक्रा, स्वास्थ्यका लागि लाभदायक

काठमाडौं, विश्वमा सबै भन्दा बढि खाईने परिकार मध्ये मकै, चामल र गहुँ पछि आलु पर्छ । यसलाई कस्तो कस्तो परिकारका रुपमा खान सकिन्छ भनेर भनि साध्यै छैन ।

चर्चा गरौं यसको बोक्राले शरीरमा पुर्याउने सकारात्मक प्रभाव वा फाईदाका बारेमा ।

– यसले अनुहार चम्किलो बनाउन र अनुहारको दाग हटाउन पनि महत्वपुर्ण भुमिका निभाउँछ । आलुको बोक्राको रस अनुहारमा दली आधा घन्टापछि चिसो पानीले अनुहार सफा गरे अनुहार चम्किलो हुने र दुई साता सम्म यसो गरे अनुहारको दाग समेत हट्छ ।

– पोटास, आईरन जस्ता महत्वपूर्ण तत्व पाइने आलुको बोक्राले शरीरमा पोषण तत्वको रुपमा काम गर्छ ।

– कपाल फुल्नबाट जोगाउन आलुको बोक्रालाई प्रयोग गर्न सकिन्छ । उसिनेको आलुको बोक्रालाई पुनः पाँच मिनेट उमाली त्यसबाट रस निकालेर नुहाउने बेलामा लगाए कपाल फुल्न जोगिन्छ ।

– प्रशस्त फाईबर पाईने आलुको बोक्रा सहितको आलु खाँदा तौल घटाउन र कोलेस्ट्रोल घटाउन सहयोग गर्छ । तर मधुमेह र मुटुरोगका बिरामीले भने चिकित्सकको सल्लाह विना नखानुहोला ।

प्रकाशित : शनिबार, भदौ १३, २०७७१३:३८

मह र कागती तातोपानीमा मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा !