कोरोना कालमा आयो मास्क लगाइदिने मेशिन, हर्नुहोस् भिडियो !

अहिले संसारभर कोरोना महामारीको त्रास फैलिरहेको छ। यस्तोमा डाक्टरहरुले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन सुझाव दिएका छन्। यसै बीच सामाजिक संजालमा एक भिडियो भाइरल भइरहेको छ जसमा एक युवकलाई मेशिनले मास्क लगाइदिएको देख्न सकिन्छ।

ट्वीटरमा यो भिडियो अमेरिकी बास्केटबल खेलाडी रेक्स चेपम्यानले साझा गर्दै क्याप्शनमा लेखेका छन् कि मेरा मानिसले ‘द कोरिनेटर’ भन्ने नामको मेसिनको आविष्कार गरेका छन् जसले मानिसहरूलाई मास्क लाउन मद्दत गर्छ।

यो भिडियोमा देख्न सकिन्छ कि एक मानिस मेसिनको अगाडि बसिरहेको छ। त्यसपछि मेशिन मान्छेको दिशामा मास्क लिएर जान्छ र अनुहारमा मास्क लगाइदिन्छ। भिडियोमा देखा पर्ने व्यक्तिको नाम एलन प्यान हो र उनले नै उक्त मेशिनलाई कोरीनेटरको नाम दिएका हुन्।

 

प्रकाशित : आइतबार, भदौ १४, २०७७१६:०८

विश्वभर भाइरल भइन् नेपाली बालिका समायरा, विदेशी मिडियामा पनि चर्चा ! [भिडियो सहित]