काठमाडौँ : जीवनमा सुखी रहने मूल मन्त्र यो हो कि हामीले हरेक अवस्थामा समभाव राख्नुपर्छ। जब समय राम्रो हुन्छ त्यतिबेला हामी धेरै खुशी हुनु हुन्न, घमण्ड गर्नुहुन्न। यसरी नै दुखका दिनमा दुखी हुनुहुँदैन। धैर्य बनाइराख्नु पर्छ किनकी समय बदलिरहन्छ। यस सम्बन्धमा महाभारतको एक नीतिमा बताईएको छ कि हाम्रोभाव हरेक स्थितिमा एकै किसिमको हुनुपर्छ।
महाभारतको आदिपर्व लेखिएको छ कि –
दु:खैर्न तप्येन्न सुखै: प्रह्रष्येत् समेन वर्तेत सदैव धीर:।
दिष्टं बलीय इति मन्यमानो न संज्वरेन्नापि ह्रष्येत् कथंचित्।।
यस श्लोक अनुसार व्यक्ति कठिन समयमा दुखी हुनुहुँदैन। जब सुखको दिन आउँछ त्यतिबेला पनि अतिधेरै खुशी हुनुहुँदैन्। सुख होस् या दुख, हामी हरेक हालमा समभाव राख्नुपर्छ। जो मानिसले यी नीतिको पालना गर्छन्, तिनीहरुको जीवन सफल हुन् सक्छ।
यस लोक कथाबाट बुझ्न सकिन्छ, यस नीतिको महत्व
प्रचलित कथा अनुसार परापूर्व कालमा एक आश्रममा एक व्यक्तिले गाई दान दिए। दानमा गाई पाएर शिष्य अत्यन्तै खुशी भए। शिष्यले आफ्नो गुरुलाई यो खुशीको कुरा सुनाए र गुरुले भने – ‘ल ठिकै छ नि त अब हामीले दिनहुँ ताजा दूध पिउन पाउने भयौँ।’
केही दिनसम्म गुरु-शिष्यले दिनहुँ दूध पिए। तर एक दिन त्यो दानी व्यक्ति आश्रम आए र आफ्नो गाई फिर्ता लिएर गए। यो देखेर शिष्य एकदमै दुखी भए। उनले गुरुलाई दुखी हुँदै भने कि गुरुजी त्यो व्यक्तिले गाई फिर्ता लिएर गए।
शिष्यको कुरा सुनेर गुरुले भने – ‘जे भो राम्रै भो, अब गाईको गोबर सोहोर्नु परेन अनि त्यसको फोहोर सफा गर्नु परेन।’ शिष्यले उत्सुक हुँदै सोधे – ‘गुरुजी तपाईलाई यो कुराले दुख लागेन कि अब हामीले ताजा दूध पिउन पाउने छैनौँ।’ अनि गुरुजी बोले – ‘हामी हरहालमा समभाव रहनुपर्छ। यही सफल जीवनको मूल मन्त्र हो।’

