कोरोना लाग्यो भन्दै १४ दिन आइसोलेसनमा बसिन्, पछि चेक गर्दा भयो चकित पार्ने खुलासा !

एजेन्सी – भारत बेङ्गलोरमा एक २८ वर्षीय युवतीलाई केहि समय अगाडी कोरोना पोजेटिभ भएको थाहा दिइयो। आफूलाई कोरोनाको पुष्टि भएको खबर पाएपछि उनी होम आइसोलेसनमा बसिन्।

१४ दिन सम्म होम आइसोलेसन बसेर उनले आफ्नो दैनिकी गुजारिन्। १४ दिन सम्मको तनावपूर्ण होम आइसोलेसन पश्चात उनी पुनः कोरोना जाँच तथा प्लाज्मा दान गर्न जयनगर जनरल अस्पताल पुगिन्। त्यहाँ गरिएको जाँचको रिपोर्ट यस्तो आयोकी उनी मात्र नभई त्यस अस्पतालमा रहेका सम्पूर्ण डाक्टर समेत चकित परे।

खासमा उनीमा कहिले पनि कोरोना नभएको पाइएको थियो। कोरोनाको पुष्टि नभएपनि गलत सूचनाका कारण उनमा कोरोना पुष्टि भएको भनिएको थियो।

बताइएअनुसार, यहि महिनाको पहिलो हप्ता ज्वरो आएपछि उनी कोरोना परीक्षण गराउन जयनगर जनरल अस्पताल पुगेकी थिइन्। त्यहाँ परीक्षण पश्चात अस्पतालको वेबसाइटमा अभिलेखीकरण गर्दा भएको त्रुटीका कारण उनको रिपोर्ट नेगेटिभ उल्लेख गरिनु पर्नेमा पोजेटिभ भनिएको थियो। अस्पतालले उनलाई खबर गरेर कोरोना पोजेटिभ भएको जानकारी गराएकी थिइन्।

तर, पछि प्लाज्मा दान गर्ने समयमा भने उनमा कहिले पनि कोरोना संक्रमण नभएको पत्ता लाग्यो। जसपश्चात छानबिन गर्दा अभिलेखीकरणका क्रममा त्रुटी भएको पाइयो।

कोरोना पुष्टि भएको बताइएपछि १४ दिन होम आइसोलेसनमा बसेकी उनी अहिले त्यसबखत आफूले धेरै मानसिक तनाव खेपेको बताउँछिन्। अहिले आफूलाई कोरोना नभएको भन्ने थाहा पाउँदै धेरै नै खुशी लागेको उनको भनाई छ।

प्रकाशित : आइतबार, भदौ १४, २०७७०७:३२

निषेधाज्ञाले खोसियो असङ्गठित मजदुरको गाँस, भोक-भोकै पर्ने अवस्था आयो !