आज अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित भेटिए !

काठमाडौँ – आज नेपालमा अहिले सम्मकै बढी कोरोना भाइरस कोरोना संक्रमित फेला परेका छन्। देशभर रहेका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणबाट अहिले सम्मकै बढी व्यक्तिमा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

यस भन्दा अगाडी नेपालमा सबै भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका थिए। त्यस दिन नेपालभर १ हजार १ सय ११ जना संक्रमित थपिएका थिए।

पछिल्लो थप पुष्टिसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३८ हजार ५६१ पुगेको छ । हालसम २० हजार ८२२ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको गौतमले बताए । पछिल्लो २४ घण्टामा २६७ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ५१८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

देशभर हाल १७ हजार ५१८ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ७ हजार ७९७ जना रहेका छन् ।

प्रकाशित : आइतबार, भदौ १४, २०७७१०:५४

लोकन्थलीका एक कोरोना सङ्क्रमितको मृत्यु