सेप्टेम्बरमा जन्मिएका मानिसको कस्तो हुन्छ त स्वभाव, यी क्षेत्रमा हुन्छन् सफल !

ज्योतिष शास्त्रका अनुसार कुनै पनि व्यक्तिको राशि अनुसार उसको स्वभावको बारेमा बताउन सकिन्छ। त्यस्तै, उसको जन्म महिना अनुसार पनि कुनै व्यक्तिको स्वभाव र जीवनको बारेमा जानकारी पाउन सकिन्छ। जन्म महिनाले मानिसको स्वभावलाई प्रभाव पार्छ। यस्तोमा सेप्टेम्बरमा जन्मेका मानिसको स्वभाव कस्तो हुन्छ त? जान्नुहोस्….

सेप्टेम्बरमा जन्मेका मानिसहरू धेरै कोमल हृदयका र भावनात्मक हुन्छन् तर आफैलाई अरुको सामु धेरै शक्तिशाली व्यक्तिको रूपमा प्रस्तुत गर्छन्।

यी व्यक्तिहरूले आफ्नो जीवनमा सबै चीज प्राप्त गर्छन् तर त्यसको लागि संघर्ष भने धेरै गर्नुपर्छ। यी व्यक्तिहरू धेरै मेहनती छन् र आफ्नै मिहेनतले कुनै पनि काम गर्ने सामर्थ राख्छन्।

यी व्यक्तिहरू एकदम रचनात्मक हुन्छन् र हरेक काममा निपूर्णता खोज्छन्, जसको कारण यिनीहरु अरु व्यक्ति माझ लोकप्रिय हुन्छन्। यी मानिसहरुको दिमाग पनि तेज हुन्छ।

यस महिनामा जन्मेका मानिसहरू सामान्यतया औसत उचाई र गहुँ गोरो वर्णका हुन्छन्, यी व्यक्तिहरू चलाख हुन्छन् तर स्वभावले संकोच गर्ने किसिमका हुन्छन्। त्यसैले, यिनीहरु कसैलाई आफ्नो मनको कुरा प्रकट गर्दैनन्।

खुसमिजाज हुनका साथै यिनीहरु छिटै रिसाउँछन्। यी मानिस आफ्नो रिस लुकाउँदैनन्, तुरुन्तै जाहिर गर्छन्।

प्रेमको मामलामा, यी व्यक्तिहरु एक इमानदार प्रेमी साबित हुन्छन्, त्यसैले यिनीहरु आफैं पनि एक सुरक्षित सम्बन्ध चाहान्छन्। यी मानिस सम्बन्धमा कुनै पनि किसिमको धोखा सहन गर्दैनन्। यिनीहरुको यौन जीवन पनि राम्रो हुन्छ।

करियरको हिसाबले यी व्यक्तिहरूले मिडिया, अनुसन्धान, पुलिस, कम्प्युटर प्रोग्रामिंग, मेडिकल, टेलिभिजन, इत्यादिको क्षेत्रमा सफल हुन्छन्।

प्रकाशित : आइतबार, भदौ १४, २०७७१५:५९

दुनियाकै सबैभन्दा सुन्दर मानिने रानी सुन्दर हुन गर्थिन यस्तो काम !